ब्रुनोले हारको दोष रेफ्री माथि थोपरे, भन्छन् – विश्वकप अर्जेन्टिनालाई जिम्मा लगाउन खोजियो

एजेन्सी – पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसले कतारमा जारी विश्वकपको उपाधि अर्जेन्टिनालाई जिम्मा लगाउने प्रयास भएको आरोप लगाएका छन्। विश्वकपको क्वाटरफाइनलमा मोरोक्कोसँग पराजित भएपछि फर्नान्डेसले विश्वकप अर्जेन्टिनालाई जिम्मा लगाउने षड्यन्त्र भएको आरोप लगाएका हुन्।

खेलपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा उनले खेलका लागि छनौट भएका रेफ्री माथि प्रश्न उठाए। अर्जेन्टिना यति बेला विश्वकप उपाधिका लागि प्रतिष्पर्धा गरिरहेको छ। अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश गरिसकेको छ।

शनिबार राति पोर्चुगल र मोरोक्को बीचको खेलमा एक अर्जेन्टिनी रेफ्री थिए। यति बेला पोर्चुगलका खेलाडीहरुले तीनै रेफ्री माथि प्रश्न उठाइरहेका छन्। फर्नान्डेसले पनि रेफ्रीका गलत निर्णयहरुका कारण पोर्चुगल विश्वकपबाट बाहिरिएको बताए।

“अहिले अर्जेन्टिनालाई विश्वकप जिम्मा लगाउने प्रयास हुँदैछ। जे सुकै होस् मलाई लागेको कुरा बोल्छु। यो धेरै अनौठो छ कि विश्वकपका लागि प्रतिष्पर्धा गरिरहेका देशका रेफ्रीहरु यहाँ छन्। उनीहरुका कारण हामीले हार्न पुग्यौं।”,फर्नान्डेसले भने।

खेलभर मोरोक्को माथि दबाव बनाएर पनि रेफ्रीका गलत निर्णयहरुका कारण आफूहरुले जित्न नसकेको फर्नान्डेसले बताए। रेफ्रीले पटक-पटक खेल रोकेका कारण पोर्चुगलले दोस्रो हाफमा खेल्न नसकेको उनको आरोप छ।

उनले भने,”हामी खेलभर शतप्रतिशत हावी थियौं। आज मैदानमा एक अर्जेन्टिनाका रेफ्री थिए। हामीले दोस्रो हाफमा खेल्न सकेनौं किनभने रेफ्रीले धेरै पटक खेल रोके।”

प्रकाशित : , ०, ०१२:१३

केनले पेनाल्टी मिस गर्दा एम्बाप्पेको यस्तो रियाक्सन, तस्विर र भिडियो भए भाइरल !