युनाइटेडले भेट्यो रोनाल्डोको स्थान लिने खेलाडी !

एजेन्सी – पोर्चुगिज युवा स्टार गोन्कालो रामोस गएको केहि दिन देखि निरन्तर चर्चामा छन्। अन्तिम १६ मा स्विजरल्याण्ड विरुद्ध उत्कृष्ट प्रदर्शन गरेसँगै रामोस चर्चामा आएका हुन्। अन्तिम १६ को खेलमा पोर्चुगलले स्विजरल्याण्ड विरुद्ध ६-१ को गोल निकालेको थियो।

सो खेलमा रामोसले ह्याट्रिक नै पूरा गरेका थिए। कतारमा जारी विश्वकपमा ह्याट्रिक पूरा गर्ने रामोस पहिलो खेलाडी हुन्। पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको स्थानमा उनले खेल्ने मौका पाएका थिए। रोनाल्डोको स्थानमा खेल्न पाउँदा उनले धेरै राम्रो प्रदर्शन गरेका थिए।

प्रि-क्वाटरफाइनलमा राम्रो प्रदर्शन गर्न सके पनि रामोसले क्वाटरफाइनलमा मोरोक्को विरुद्ध खास प्रदर्शन गर्न सकेनन्। क्वाटरफाइनलमा मोरोक्कोसँग पराजित भएसँगै पोर्चुगल विश्वकपबाट बाहिरिसकेको छ।

विश्वकपबाट पराजित भएपनि रामोस भने निरन्तर चर्चामा छन्। युरोपका ठूला-ठूला क्लबहरु रामोसलाई आफ्नो क्लबमा भित्र्याउन चाहिरहेका छन्। रामोस माथि म्यानचेस्टर युनाइटेडको नजर रहेको बताइन्छ।

रोनाल्डोले क्लब छाडिसकेको अवस्थामा युनाइटेडलाई उनको स्थान लिने खेलाडी चाहिएको छ। रोनाल्डोको स्थान रामोसले सहजै लिन सक्ने युनाइटेडका अधिकारीहरुको अनुमान छ। विश्वकप सकिने बितिकै रामोसको विषयमा पोर्चुगिज क्लब बेन्फिकासँग कुराकानी अगाडी बढाउने युनाइटेडको योजना रहेको छ।

तर रामोसलाई भित्र्याउन युनाइटेडका लागि त्यति सहज भने हुने छैन। रामोसका लागि बेन्फिकाले १ सय मिलियन युरो भन्दा बढी रकम डिमाण्ड गर्ने सक्ने पोर्चुगिज मिडियाहरु बताउँछन्।

प्रकाशित : , ०, ०१२:००

ब्रुनोले हारको दोष रेफ्री माथि थोपरे, भन्छन् – विश्वकप अर्जेन्टिनालाई जिम्मा लगाउन खोजियो