मेस्सी र अर्जेन्टिनालाई ठूलो राहत, महत्वपूर्ण खेलाडी फर्किए प्रशिक्षणमा !

अर्जेन्टिनाका स्टार एन्जेल डि मारिया २०२२ फिफा विश्वकपमा नेदरल्यान्ड्ससँगको खेलअघि प्रशिक्षणमा फर्किएका छन्। राउन्ड अफ १६ मा अष्ट्रेलिया विरुद्ध अल्बिसेलेस्टेको जितमा डि मारियाले कुनै भूमिका खेलेका थिएनन्। उनले कतारमा लियोनेल स्कालोनीको टोलीका लागि त्यसअघिका तीन खेलहरू सुरु गरेका थिए।

अष्ट्रेलियाविरुद्धको खेलमा युभेन्टसका फरवार्डको स्थानमा पपु गोमेजलाई सुरुवाती ११ मा स्थान दिइएको थियो। डि मारियाको फिटनेसको चिन्ताको कारण, अर्जेन्टिनाका प्रबन्धक लियोनेल स्कालोनीले प्रशिक्षणमा लिआन्ड्रो परेडेस र एन्जेल कोरियालाई परीक्षण गर्ने निर्णय गरेका थिए।

अल्बिसेलेस्टेले राउण्ड अफ १६ मा सोकरोस विरुद्ध २-१ को जित हासिल गरेको हो। दक्षिण अमेरिकी च्याम्पियनका लागि लियोनल मेस्सी र जुलियन अल्भारेजले गोल गर्दै आफ्नो टोलीलाई जित दिलाएका हुन्। तर, उक्त खेलमा मेस्सीको कप्तानीमा रहेको टोलीले गोलका केही अवसर खेर फालेको थियो। तसर्थ, पूर्व रियल म्याड्रिड स्टार टोलीमा फर्किनु एक निकै आवश्यक बढावा हो।

अर्जेन्टिनाले शुक्रबार राति सेमीफाइनलमा आफ्नो स्थान बनाउँनका लागि नेदरल्यान्ड्सको सामना गर्नेछ। डच टोलीले अन्तिम १६ को खेलमा युएसएलाई ३-१ ले पराजित गरेको हो।

प्रकाशित : , ०, ०१२:२४

१००० औं खेलमा ताण्डव गरेपछि मेस्सीले दिए यस्तो भावपूर्ण सन्देश, के भने त ?