एजेन्सी – टर्किस फुटबल क्लब फर्नरबासका प्रशिक्षक जर्ज जेससको भनाईलाई मान्ने हो भने क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीको स्तरमा अन्य कुनै पनि खेलाडी पुग्न कठिन रहेको बताएका छन्। एक अन्तर्वार्ताका क्रममा जेससले रोनाल्डो र मेस्सीको स्तरमा अन्य खेलाडी पुग्न गार्है रहेको बताएका हुन्।
मेस्सी र रोनाल्डोको स्तरमा पुग्न सक्ने सम्भावना रहेका केहि खेलाडीहरु देखिएपनि उनीहरु सो स्तरमा पुग्छन् नै भनेर भन्न नसकिने जेससले बताए। मेस्सी र रोनाल्डोले बाहिरी कुराहरुमा ध्यान नदिएकै कारण उच्च स्तरमा पुगेको उनको भनाई छ।
“शिर्ष स्तरमा पुग्ने सम्भावना भएका धेरै खेलाडी छन्, तर मेस्सी र रोनाल्डोकै स्तरमा पुग्न भने कठिन छ। मेस्सी र रोनाल्डोले बाहिरी कुराहरुमा कहिल्यै ध्यान दिएनन्, मात्रै फुटबलमा ध्यान दिए। तर अन्य खेलाडीहरुका लागि भने यो कठिन हुन सक्छ। नाल्डो र मेस्सीका लागि फुटबल जोश र आनन्द हो। दुवै व्यक्तिगत खुशी भन्दा माथि फुटबललाई राख्छन्।”,जेससले भने।
मेस्सी र रोनाल्डोको स्तरमा पुग्नको लागि जुन सुकै खेलाडी खेलाडीले उच्च स्तरमा लामो समय खेल्न पर्ने जेसस बताउँछन्। मेस्सी र रोनाल्डो खेल जीवनको लगभग अन्त्यमा रहेपनि अहिले सम्म उच्च लयमा खेलिरहेको उल्लेख गर्दै उनले यस्तो गर्न कुनै पनि खेलाडीका लागि सहज हुन नसक्ने बताए।
उनले भने,”यो सत्य हो कि रोनाल्डो अब उस्तै छैनन् र मेस्सी अब उस्तै रहेनन्। तर विश्वको शीर्षको स्तरमा पुग्ने सम्भावना भएकाहरु अझै पनि यी दुई मध्येबाट धेरै टाढा छन्।”