ब्राजिलको जित पेलेमा समर्पित, मैदानबाटै स्वास्थ्य लाभको कामना !

एजेन्सी – उपाधि दावेदार ब्राजिल फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। दक्षिण कोरियालाई राउन्ड अफ १६ को खेलमा ४-१ ले हराउँदै ब्राजिलले क्रोएसियासँग भिडन्त पक्का गरेको हो।

खेलको सुरुवातदेखि नै आक्रामक देखिएको ब्राजिलले प्राप्त अवसर सदुपयोग गर्दै पहिलो हाफमा नै ४ गोलको फराकिलो अग्रता बनाएको थियो। बल पोसेसनमा बलियो पकड जमाउँदै आक्रमण बुनेको ब्राजिलले लगातार आक्रमणमा अवसर सिर्जना गर्दै कोरियालाई समस्या दिएको थियो। कोरियाले पाएको न्यून अवसरमा गोलरक्षक एलिसनलाई दुख दिएपनि गोल फर्काउन सकेन।

ब्राजिलको जितमा नेयमार, भिनिसियास जुनियर, लुकास पाक्वेटाले र रिचार्लीसनले गोल गरे। कोरियाले भने ब्राजिल विरुद्ध एक गोल मात्रै गर्न सक्यो। कोरिया विरुद्धको खेलमा जित निकालेसँगै ब्राजिलले क्वाटरफाइनलको यात्रा तय गरेको छ। आज ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियाको सामना गर्नेछ।

प्रि-क्वाटरफाइनलको जितलाई ब्राजिलले गए राति ब्राजिलका महान् फुटबलर पेलेका लागि समर्पित गर्यो। ब्राजिलका खेलाडीहरुले पेले लेखेकाे ब्यानर मैदानमा प्रदर्शन गर्दै जित पेलेमा समर्पित गरेका हुन्। उनीहरुले आफ्नाे देशकाे महान खेलाडीलाई सम्मान दिने क्रममा स्वास्थ्य लाभकाे पनि कामना गरेका थिए।

पेलेको स्वास्थ्य गएको केहि समय देखि त्यति राम्रो रहन सकिरहेको छैन। पेले निरन्तर चिकित्सकको निगरानीमा रहेका छन्। खबरका अनुसार पेले खतरा बाहिर छन्। उनी अहिले पहिला भन्दा राम्रो महसुस गरिरहेको बताइन्छ। पेलेले केहि दिन अगाडी मात्रै सामाजिक संजाल मार्फत आफ्नो स्वास्थ्य राम्रो रहेको र आराम गर्दै विश्वकप हेरिरहेको बताएका थिए।

प्रकाशित : , ०, ००९:१४

रोनाल्डो किन्‍न साउदी क्लब तयार