ठूला टिम पछारेका एसियाली दुई मुलुक एक्सनमा, अप्रत्यासित जित निकाल्ने दाउमा दुवै !

एजेन्सी – कतार विश्वकपमा आज एसियाका दुई महारथी जापान र दक्षिण कोरिया दुवै एक्सनमा हुनेछन्। विश्वकपमा गएको धेरै समय देखि एसियाबाट प्रतिनिधित्व गर्दै आएका जापान र दक्षिण कोरिया दुवै एक्सनमा उत्रन लागेका हुन्। दुवै आज क्वाटरफाइनलमा एक-अर्कासँग भेट हुने गरी खेल्ने प्रयासमा हुनेछन्।  आज हुने खेलमा दुवैले जित निकालेको खण्डमा दुई बीच क्वाटरफाइनलमा भेट हुन सक्नेछ।

आज राति पहिला जापान एक्सनमा हुनेछ। जापानले आज क्रोएसियाको सामना गर्नेछ। यस विश्वकपमा जाइन्ट किलर तथा कमब्याक किङ बनेको जापानले अल जानोब स्टेडियममा सोमबार राति अन्तिम १६ को भिडन्तमा क्रोएसियासँग खेल्दा अर्को प्रभावशाली नतिजा निकाल्ने लक्ष्यमा हुनेछ।

हाजिमे मोरियासुको टोली दुई विश्व च्याम्पियन स्पेन र जर्मनी रहेको समूहबाट समूह विजेता बन्दै बनेको जापान क्रोएसियाविरुद्ध पनि सोही नतिजा निकाल्न चहान्छ। जापानले समूह चरणमा स्पेन र जर्मनीलाई पराजित गर्दा उत्कृष्ट पूनरागमन जित निकालेको थियो।

जापान विश्वकपमा दुई विश्व च्याम्पियन सन् २०१० (स्पेन) र २०१४ (जर्मनी) लाई हराउने टोली हो। त्यसैले क्रोएसिया जापान विरुद्ध सचेत रहेर खेल्नेछ। क्रोएसियालाई पराजित गर्न सकेको खण्डमा जापान पहिलो पटक क्वाटरफाइनलमा पुग्नेछ।

त्यस्तै एसियाकै अर्को टोली दक्षिण कोरिया पनि जारी विश्वकपमा राम्रो लयमा देखिएको छ। आज कोरियाले पाँच पटकको विश्वकप विजेता ब्राजिलको सामना गर्नेछ।

मूह चरणको अन्तिम खेलमा पोर्चुगललाई २–१ ले स्तब्ध पारेको दक्षिण कोरिया ब्राजिललाई पनि त्यस्तै नतिजामा पराजित गरेर अगाडि बढ्न चहान्छ। समूह चरणको अन्तिमा खेलमा अन्तिम समयको गोलले दक्षिण कोरियाले पोर्चुगललाई मात्रै स्तब्ध पारेन, अर्काे खेलमा जित निकालिरहेको उरुग्वेको यात्रा पनि समूह चरणमै रोकिदियो। ब्राजिल विरुद्ध पनि त्यस्तै प्रकारको जित निकाल्ने दाउमा कोरिया हुनेछ।

प्रकाशित : , ०, ०१५:५२

नेयमारले नखेल्ने भन्दा खेल्ने सम्भावना बढी !