जिरुड बने फ्रान्सकाे सबै भन्दा बढी गोल गर्ने खेलाडी !

एजेन्सी – फरवार्ड ओलिभर जिरुड फ्रान्सकाे सर्वाधिक गाेलकर्ता बनेका छन् । फिफा विश्वकप कतार २०२२ अन्तरगत प्रि–क्वाटरफाइनलमा पाेल्यान्डविरुद्व एक गाेल गर्दै उनी फ्रान्सकाे सर्वाधिक गाेलकर्ता बनेका हुन् ।

सर्वाधिक गाेलकर्ता बन्ने क्रममा जिरुडले लेजेन्ड थिएरी हेनरीकाे कीर्तिमानलाई ताेडेका हुन् । हेनरीले १९९७ देखि २०१० सम्म १२३ खेल बाट ५१ गाेल गर्दै फ्रान्सकाे सर्वाधिक गाेलकर्ता बनेका थिए ।

जिरुडले २०११ देखि याे अवधिसम्म ११६ क्याप जित्दा ५२ अन्तराष्ट्रिय गाेल गर्दै कीर्तिमान आफ्नाे नाममा लेखाएका हुन् । ४२ गाेलसहित एन्टाेइन ग्रिजमन तेस्राे स्थानमा रहेका छन्। चाैथाे स्थानमा रहेका मिचेल प्लाटिनीले ४१ तथा करिम बेन्जेमाले ३७ गाेल गर्दै पाँचाैं स्थानमा रहेकाे छ ।

प्रतिस्पर्धात्मक बनेकाे खेलकाे ४४औं मिनेटमा केलियन एमबाप्पेको पासलाई पेनाल्टी क्षेत्र भित्र लग्ने क्रममा अफसाइड ट्रयाप बिट गरेका उनले वन भर्सेस वनमा फिनिस गरे । यसै खेलबाट कप्तान तथा गाेलरक्षक ह्युगाे लाेरिसले फ्रान्सबाट सर्वाधिक खेल खेल्ने लिलिएन थुरामकाे कीर्तिमानलाई बराबरी गरेका छन् । उनीहरुले समान १४२ खेल खेलेका छन् ।

यस्तै लाेरिसले फ्रान्सबाट सबैभन्दा बढी विश्वकप खेल्ने थिएरी हेनरी र फाविएन वार्थेजकाे कीर्तिमानलाई बराबरी गरेका छन् । उनीकाे विश्वकपमा समान १७ खेल पुगेकाे छ । फ्रान्स क्वाटरफाइनलमा पुगेकाे अवस्थामा लाेरिसले यसै विश्वकपबाट याे दुवै कीर्तिमान आफ्नाे नाममा लेखाउने सम्भावना छ ।

प्रकाशित : , ०, ०२३:४१

विश्वकपमा आज दुई खेल हुँदै, ब्राजिल पनि एक्सनमा !