आकाशमा उडिरहेको फ्रान्सलाई लेवान्डोस्की नामक गुलेलीले भुइँमा पछार्ला भन्ने डर !

फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा फ्रान्सले पोल्यान्डको सामना गर्दैछ । खेलको अघिल्लो दिन फ्रान्सका प्रशिक्षक डिडिएर डेस्च्याम्प्सले फरवार्ड रोबर्ट लेवान्डोस्कीबारे आफ्नो टोली सचेत रहेको बताए ।

प्रशिक्षक डेस्च्याम्प्सले पोल्यान्डविरुद्ध खेल सहज रुपमा लिन नसकिने बताए । ‘विश्वकपमा आएपछि सहज भन्ने हुँदैन । खेल जित्न नसकेपनि अन्त्यसम्म हरेक टोलीले मिहिनेत गर्छ । हामीले हिजो पनि देख्यौं र ट्युनिसियाले पनि त्यसै गर्यो । दर्शक दिर्घामा धेरै‌ समर्थक हुँदा पनि टोलीलाई सहज हुन्छ,’ उनले भने । विगतजस्तो यसपटक सहज टोली नभएको प्रशिक्षक डेस्च्याम्प्सले बताए । ‘हामीले सन् २०१४ मा कमजोर टोली देखेका थियौं तर यसपटक त्यस्तो छैन । हरेक टोली राम्रा छन् । अर्जेन्टिनाले पहिलो खेलमै त्यसको सामना गर्नुपर्यो । हो अर्को चरणमा पनि झनै प्रतिस्पर्धा हुनेछ,’ उनले थपे ‌।

फ्रान्सका प्रशिक्षकले एमबाप्पे र लेवान्डोस्की फरक खेलाडी रहेको र एक अर्कासँग दाँज्ने काम आफूले नगर्ने बताए । ‘म यति भन्न सक्छु दुवै सुरुवाती रोजाइमा खेल्नेछन् । तर दुवैसँग फरक क्षमता र जिम्मेवारी रहनेछ । दुवै आ-आफ्नो क्षेत्रमा प्रमाणित भइसकेका खेलाडी हुन्,’ उनले भने ।

डेस्च्याम्प्सले युरोमा बेहोरेको हारबारे अब बिर्सनुपर्ने र अहिलेको टोली फरक रहेको पनि बताए । अन्य टोलीझैं आफू पनि लेवान्डोस्कीको लागि तयार रहेको उनले बताए । ‘हामी लेवान्डोस्कीको सामना गर्न तयार छौं । उनी विश्वका उत्कृष्ट फरवार्ड मध्यमा पर्छन् । अन्य टोलीले उनीविरुद्ध विशेष रणनीति बनाएका देखेका छौं । उनको स्तर र क्षमताले नै उनी विरुद्ध सचेत भएर खेल्नुपर्छ । हामी त्यसका लागि तयार छौं, ‘उनले भने । फ्रान्स र पोल्यान्डबीच खेल आइतबार नेपाली समयअनुसार रातको ८:४५ बजे हुनेछ । यस खेलको विजेताले इंग्ल्यान्ड र सेनेगलबीच खेलको विजेतासँग खेल्नेछ ।

प्रकाशित : , ०, ०११:२१

गोल्डेन बुटको दौडमा मिसिए मेस्सी, दौडमा छन् को-को ? [सूची सहित]