रोनाल्डोलाई मेस्सीले उछिने !

एजेन्सी – गएराति अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फुटबलर करियरको हजारौं खेल खेले। विश्वकप अन्तर्गत प्रि-क्वाटरफाइनल अन्तर्गत अष्ट्रेलिया विरुद्धको खेलमा मैदानमा उत्रिएसँगै मेस्सीको खेल संख्या १ हजार पुगेको हो।

हजारौं खेलमा मेस्सीले उत्कृष्ट प्रदर्शन समेत गरे। मेस्सीले अहिले सम्म विश्वकपको नकआउटमा गोल गर्न सकेका थिएनन्। तर अष्ट्रेलिया विरुद्ध उनले नकआउटको पहिलो गोल गरे। त्यसक्रममा मेस्सीले

२-१ ले अर्जेन्टिना विजयी भएको खेलको ३५ अ‍ौं मिनेटमा अर्जेन्टिनाले मेस्सीको गोलमा सुरुवाती अग्रता बनाउन सफल भएको थियो। मेस्सी आफैंले पेनाल्टी क्षेत्र बाहिरबाट पास खेल्दै सुरु गरेको मुभ गोलमा परिणत भएको थियो। निकोलस अ‍ोटामेन्डीले पेनाल्टी क्षेत्रभित्र रोकेको बलमा मेस्सीको प्रहार डिफेन्डरको खुट्टा मुनि हुँदै गोलरक्षक पार भएको थियो।

खेलभर उत्कृष्ट प्रदर्शन गरेका कारण मेस्सी प्लेयर अफ दि म्याच समेत चुनिए। यस्तै मेस्सीले पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन्। विश्वकप गोल संख्याको मामलामा मेस्सीले रोनाल्डोले पछि पारेका हुन्।

यस अगाडी मेस्सी र रोनाल्डोको विश्वकप गोल संख्या समान ८-८ थियो। तर अब मेस्सीको गोल संख्या ९ पुगेको छ। विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा अब मेस्सी रोनाल्डो भन्दा एक स्थान माथि उक्लिएका छन्।

मेस्सीले ९ गोल २३ खेलमा गरेका हुन् भने रोनाल्डोले २० खेलमा ८ गोल गरेका छन्। विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रुपमा जर्मनीका पूर्वखेलाडी मिरोस्लाभ क्लोज रहेका छन्। उनले ४ खेलमा सर्वाधिक १६ गोल गरेका छन्।

प्रकाशित : , ०, ००९:२८

आकाशमा उडिरहेको फ्रान्सलाई लेवान्डोस्की नामक गुलेलीले भुइँमा पछार्ला भन्ने डर !