करियरको हजारौं खेलमा मेस्सी बने प्लेयर अफ द म्याच !

सुबास हुमागाईं, अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी आफ्नो व्यावसायिक फुटबल करिअरको हजारौं खेलमा प्लेयर अफ दि म्याच चुनिएका छन् । फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई पराजित गर्दा मेस्सीले उत्कृष्ट प्रदर्शन गरे ।

अर्जेन्टिनाको २-१ को जितमा सुरुवाती गोल गरेका मेस्सीले थुप्रै अवसर पनि सिर्जना गरेका थिए । खेलको ३५ अ‍ौं मिनेटमा अर्जेन्टिनाले मेस्सीको गोलमा सुरुवाती अग्रता बनायो ।

मेस्सी आफैंले पेनाल्टी क्षेत्र बाहिरबाट पास खेल्दै सुरु गरेको मुभ गोलमा परिणत भयो । निकोलस अ‍ोटामेन्डीले पेनाल्टी क्षेत्रभित्र रोकेको बलमा मेस्सीको प्रहार डिफेन्डरको खुट्टा मुनि हुँदै गोलरक्षक पार भएको थियो ।

क्वाटरफाइनलमा अर्जेन्टिनाल नेदरल्यान्ड्सको सामना गर्नेछ । आजै भएको राउन्ड अफ १६ चरणको पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३-१ ले पराजित गरेको थियो ।

प्रकाशित : , ०, ००७:२८

फ्रान्सलाई लेवान्डोस्कीको डर !