समूहचरणको अन्तिम खेलमा एम्बाप्पे बेन्चमा, यस्तो छ सुरुवाती ११ !

कतार  – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा फ्रान्सको कप्तानी राफाएल भारानले सम्हाल्ने भएका छन् । ट्युनिसियाविरुद्ध नियमित कप्तान ह्युगो लोरिसलाई विश्राम दिएपछि भारानले कप्तानी गर्ने भएका हुन् ।

फ्रान्सले आज अधिकांश दोस्रो रोजाइका खेलाडी उतारेको छ । गोलरक्षक लोरिसको स्थानमा स्टिभ मान्डान्डाले पहिलो रोजाइमा खेल्दैछन् । भारानले टोलीको कप्तानी गर्नेछन् । यसअघि सन् २०१८ को समूह चरणको अन्तिम खेलमा पनि भारानले डेनमार्कविरुद्ध टोलीको कप्तानी गरेका थिए । उक्त खेल १-१ को बराबरीमा सकिएको थियो ।

चोटका कारण सुरुवाती खेल विश्राम गरेका उनले दोस्रो खेल सुरुवात गरेका थिए । म्यानचेस्टर युनाइटेडबाट खेल्दा उनी घाइते हुन पुगेका थिए । डिफेन्समा भारानसँगै एक्सेल डिसासी, इब्राहिमा कोनाटे र युसुफ फोफाना खेल्दैछन् । लेफ्ट ब्याक लुकास हर्नान्डेज पहिलो खेलमा घाइते भएपछि उनका भाइ थिओ हर्नान्डेजले उक्त पोजिसनमा खेल्दै आएका थिए । आज थिओले पनि विश्राम पाउँदा फोफाना लेफ्ट ब्याक पोजिसनमा खेल्दैछन् ।

मिडफिल्डमा ओरेलिएन चुआमेनीले निरन्तरता पाएका छन् । उनलाई माटियो गुएन्डोजी, एडुआर्डो कामाभिन्गा र जोर्डन भेरेटुले साथ दिनेछन् । आक्रमणमा किंग्सले कोमान र रान्डल कोलो मुआनी खेल्नेछन् । पछिल्लो दुई खेलमा तीन गोल गरेका फरवार्ड किलीयन एमबाप्पे यस खेलका लागि बेन्चमा रहेका छन् । एन्टोइन ग्रिजमन र ओलिभिएर जिरुडले पनि विश्राम पाएका छन् ।

सुरुवाती ११ :

फ्रान्स : स्टिभ मान्डान्डा, राफाएल भारान, एक्सेल डिसासी, इब्राहिमा कोनाटे, एडुआर्डो कामाभिन्गा, ओरेलिएन चुआमेनीले, माटियो गुएन्डोजी, युसुफ फोफाना, जोर्डन भेरेटुले, किंग्सले कोमान, रान्डल कोलो मुआनी

ट्युनिसिया : एमेन दामेन, मोन्टासार ताल्बिम, यासिन मेरिअ, वाज्दी केच्रिदा, अलि मालुल, नाद्रे घान्द्रीएस लाओदुनी, मोहमद अलि बेन रोम्धन, एलेस स्खिरी, अनिस स्लिमाने, वाह्बी खाज्री

प्रकाशित : , ०, ०२०:४८

भाग्यमानी निस्कियो पोल्यान्ड, अर्जेन्टिनासँग हारेपनि पुग्यो नकआउट चरणमा !