एजेन्सी – अर्जेन्टिनालाई हरेक विश्वकपमा स्वभाविक दावेदार टोलीको रुपमा हेरिन्छ । तर, त्यही टोलीको प्रदर्शन यसपाली फरक रह्याे । पहिलाे खेल गुमाएकाे अर्जेन्टिनाले दाेस्राे खेलमा जित निकाल्दै सम्भावना जीवित राख्याे । सुरक्षित छैन ।
उपाधि दावेदार टोली पहिलो खेलमै एसियाली प्रतिद्धन्द्धी साउदी अरेबियासँग २–१ को अप्रत्यासित हार बेहोर्यो । दोस्रो खेलमा मेक्सिकोलाई २–० ले पराजित गरेपछि टोलीको केही आशा पलाएको छ । टोलीले समूह चरणको अन्तिम खेलमा आज बुधबार शीर्षस्थानमा रहेको पोल्यान्डसँग खेल्दा समूह चरण पार गर्नको लागि ‘गर या मर’ को अवस्थामा छ ।
अर्जेन्टिना र पोल्यान्डबीचको खेल राति १२ः४५ बजेपछि हुनेछ । यही समयमा साउदी अरेबिया र मेक्सिकोबीच प्रतिस्पर्धा हुँदैछ । २ खेलबाट ३ अंक जोडेको अर्जेन्टिनालाई नकआउट चरणमा पुग्न जित्नैपर्ने दवाव छ । अर्जेन्टिना र पोल्याण्डबीचको खेललाई दुई भेट्रान फरवार्ड मेसी भर्सेस रोवर्ट लेवान्डोस्कीको रुपमा समेत हेरिएको छ । तर अर्जेन्टिनालाई बराबरीमा रोके पनि पोल्याण्ड नकआउट चरणमा पुग्ने छ । पोल्यान्ड अर्जेन्टिनालाई रोक्दै अघिल्लो चरणमा पुग्ने दाउँमा हुनेछ ।
अब अर्जेन्टिनाले अन्तिम खेलमा जित हासिल गरे समूहबाट नकआउट चरण प्रवेश गर्नेछ । समूह विजेता वा उपविजेता बन्ने समूहको अर्को खेलको नतिजाले टुंगो लाग्नेछ । यदि अर्जेन्टिना जितेर साउदी बराबरी वा हार बेहोरे अर्जेन्टिना समूह विजेता बन्नेछ । अर्जेन्टिना र साउदी दुवैले जित हासिल गरे गोल अन्तरले समूह विजेता र उपविजेता निर्णय हुनेछ ।
अर्जेन्टिना र पोल्यान्डको खेल बराबरीमा सकिएको अवस्थामा भने अर्जेन्टिना अघि बढ्न मेक्सिकोले जित वा बराबरी नतिजा निकाल्नुपर्नेछ । अर्जेन्टिना र पोल्यान्ड बराबरीमा रोकिएर साउदी र मेक्सिको पनि बराबरी भए अर्जेन्टिना गोल अन्तरमा अघि बढ्नेछ । त्यस्तै अर्जेन्टिना बराबरी खेलेर साउदी जितेको अवस्थामा अर्जेन्टिनाको विश्वकप यात्रा समाप्त हुनेछ ।
यसपटक अन्तिम विश्वकप खेल्दै गरेका मेस्सीले यदि आज हारे बेहोरेको खण्डमा भने आफ्नो करियर कै अन्तिम विश्वकप खेल्नेछन् । खेल आज राति नेपाली समय अनुसार १२:४५ बाट सुरु हुनेछ ।