पोल्याण्डका प्रबन्धक चेस्लाव मिच्निविजले समूह सीको निर्णायक खेल रोबर्ट लेवान्डोस्की र लियोनल मेस्सीबीच नभई आ–आफ्नो देश पोल्याण्ड र अर्जेन्टिना बीच खेलिने सबैलाई सम्झाएका छन्।
पोल्याण्ड र अर्जेन्टिनाले बुधबार राति (३० नोभेम्बर) स्टेडियम ९७४ मा २०२२ फिफा विश्वकपको समुह सी को अन्तिम खेलमा भिड्नेछन्। चार अंकसहित पोल्याण्ड अहिले समुह ‘सी’ को शीर्ष स्थानमा छ भने अर्जेन्टिना एक अंक कमका साथ दोस्रो स्थानमा रहेको छ। कुनै पनि टोलीलाई जितले अन्तिम १६ मा आफ्नो स्थान पक्का गर्नेछ, जबकि बराबरीले पनि पोल्याण्ड अर्को चरणमा प्रवेश गर्नेछ। साउदी अरेबिया (तीन अंक) र मेक्सिको (एक अंक) सँ पनि राउन्ड अफ १६ मा पुग्ने मौका छ।
समूह सी को भिडन्त अघि प्रेससँग बोल्दै, मिच्निविजले भने (रोयटर्स मार्फत): “समूह चरणको ड्र भएको बेलादेखि नै सारा विश्व यो खेल हेर्न पर्खिरहेको छ। यो पोल्याण्ड र अर्जेन्टिना बीचको खेल हो, लेवान्डोस्की र मेस्सी बिच होइन। यो टेनिस होइन जहाँ उनीहरु एक खेलाडीसँग एक खेलाडी खेल्छन्। रोबर्टलाई आफ्नो टोलीका साथीहरू चाहिन्छ, मेस्सीलाई पनि।”
अर्जेन्टिनाका सुपरस्टारले हालसम्म २०२२ फिफा विश्वकपमा दुई गोल र एक असिस्ट गरेका छन्। अर्कोतर्फ, लेवान्डोस्कीको नाममा एक गोल र एक असिस्ट छ।