ट्युनिसियाविरुद्ध फ्रान्सलाई छैन कुनै चिन्ता !

दोहा, सन् २००६ पछि यस पटक विश्वकपमा उपाधि रक्षा अभियानमा रहेको टिमले पहिलो पटक समूह चरण पार गरेको छ। यस इटाली, स्पेन र जर्मनी विश्वकप उपाधि रक्षा अभियानमा समूह चरणबाट बिदा भएका थिए। फ्रान्स पनि पहिलो पटक विश्वकप जितेको चार वर्षपछि उपाधि रक्षा अभियानमा समूह चरणबाट बाहिरिएको थियो। यस पटक भने पछिल्ला नियतिलाई रोक्दै च्याम्पियन फ्रान्स कतार विश्वकपको नकआउट चरणमा पुग्न पहिलो टिम बनेको छ। यो समाचार गोरखापत्रमा प्रकाशित छ।

पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ र दोस्रो खेलमा डेनमार्कलाई २–१ ले हराएर फ्रान्सले एक खेलअगाडि नै नकआउट चरण पार ग¥यो। अब फ्रान्सले समूह चरणको अन्तिम खेलमा बुधबार ट्युनिसियाविरुद्ध खेल्दा कम दबाबमा खेल्नेछ। त्यसैले फ्रान्सका प्रशिक्षक डिडियर डेस्चाँले ट्युनिसियाविरुद्ध खेल्दा आफ्ना स्ट्राइकर किलियन एमबापे, ओलिभर जिरु र एन्टोनी ग्रिजम्यानलाई विश्राम दिन सक्नुहुनेछ।

प्रतियोगितापूर्व पल पोग्बा, एनगोलो कान्टे, करिम बेन्जामा, क्रिस्टोफर एनकुन्कुजस्ता खेलाडी घाइते भएर विश्वकप गुमाउँदा फ्रान्सले राम्रो गर्नेमा शङ्काको नजरले हेरिएको थियो। अझ यूईएफए नेसन्स लिगमा फ्रान्सले छमध्ये एक खेलमा मात्र जित हात पारेको थियो तर फ्रान्सले यी प्रतिकूल अवस्थाका बीच सुरुका दुई खेलमा च्याम्पियनसरह नै खेलेको छ। उसका प्रमुख स्ट्राइकर किलियन एमबापे शानदार लयमा पनि हुनुहुन्छ।

ट्युनिसियाले भने सुरुका दुई खेलबाट मात्र एक अङ्क हासिल गरेको छ। विश्वकपमा अगाडि बढ्नु छ भने ट्युनिसियाले फ्रानसलाई हराएर विश्वकप इतिहासकै स्तब्धकारी नतिजा निकाल्नुपर्नेछ। ट्युनिसियाका प्रशिक्षक जालेल काड्रीले फ्रान्सविरुद्धको खेलमा आफ्नो टिमले शतप्रतिशत दिएर खेल्ने बताउनुभएको छ।

प्रकाशित : , ०, ००७:३६

विश्वकपमा आज चार खेल हुँदै, कुन खेल कति बजे ?