उरुग्वे विरुद्धको गोल रोनाल्डोलाई दिन पोर्चुगिज फुटबल महासंघले सक्दो प्रयास गर्ने !

क्रिष्टियानो रोनाल्डोले २८ नोभेम्बरमा उरुग्वे विरुद्ध २-० को जितमा गोलको सुरुवात गरेको प्रमाणित गर्न पोर्चुगलको फुटबल महासंघले फिफालाई प्रमाण पेश गर्ने बताइएको छ।

सोमबारको खेलमा खेलको ५४औँ मिनेटमा उरुग्वेविरुद्ध कसले गोल गर्‍यो भन्ने विवाद बढेको छ। रोनाल्डोले पोर्चुगलको देब्रेपट्टिबाट फर्नान्डेजको क्रसमा हेडर गर्ने प्रयासपछि बलले जाली चुमेको थियो। ५ पटकका ब्यालोन डी ओर विजेताले गोल आफ्नो भएको जसरी उत्साहपूर्वक मनाए तर लुसेल आइकोनिक स्टेडियममा उद्घोषकले गोलको श्रेय म्यानचेस्टर युनाइटेड प्लेमेकरलाई दिए। खेल पछि र अनगिन्ती रिप्लेहरूको मूल्याङ्कन पछि, फिफाले आधिकारिक रूपमा उक्त गोल फर्नान्डेजलाई प्रदान गर्‍यो।

अब यहाँ नै बहस समाप्त हुने अपेक्षा रहेको थियो। तर एल चिरिन्गुइटो टिभीमा एडु अगुइरेका अनुसार पोर्चुगल फुटबल महासंघले रोनाल्डोलाई गोल दिनका लागि थप प्रयास गर्नेछ। इन्ज्युरी टाइमको तेस्रो मिनेटमा फर्नान्डेजले अर्को गोल गरे। पेनाल्टी दिनुअघि रोनाल्डोलाई प्रशिक्षक फर्नान्डो सान्तोसले बाहिर निकालेका थिए। अन्यथा, रियल म्याड्रिडका पूर्व फरवार्ड स्पट-किक लिन सबैभन्दा अगाडि हुने थिए। उनले २०२२ फिफा विश्वकपको उद्घाटन खेलमा घानाविरुद्ध आफ्नो टोलीको ३-२ को जितमा पेनाल्टीबाट गोल गरेका थिए।

प्रकाशित : , ०, ०१७:१४

बार्यमा म्युनिखबाट पुन: रिजेक्ट भए रोनाल्डो, कानले नै गरे घोषणा !