हामी बिस्तारै २०२२ फिफा विश्वकपको समूह चरणको अन्त्यतिर आउँदैछौं। समूह चरणका एक राउन्ड मात्र बाँकी रहँदा नकआउट चरणले कसरी आकार लिनेछ भन्ने तिर सबैको चासो सरेको छ। केही टोलीले राउन्ड अफ १६ मा आफ्नो स्थान पहिले नै बुक गरिसकेका छन्।
अर्को चरणमा आफ्नो स्थान पक्का गर्ने टोलीमा ब्राजिल, पोर्चुगल र फ्रान्स जस्ता विश्वकप जित्ने प्रमुख दाबेदार राष्ट्र समावेश छन्। यसैबीच, केही ठूला टोलीहरूलाई २०२२ फिफा विश्वकपमा अगाडि बढ्न गाह्रो हुने भएको छ। पहिलो दुई खेल हप्ता पछि राउन्ड अफ १६ मा स्थान बनाउने केही ठूला टोलीहरुको सम्भावना कम भएको छ। यी टोलीहरूले केही साँच्चै राम्रो फुटबल खेल्न आवश्यक छ र नकआउट चरणहरूमा अगाडि बढ्नको लागि बाँकी नतिजा पनि आफ्नो पक्षमा पर्नुपर्ने हुनसक्छ। यस्तोमा, थप कुरा नगरी २०२२ फिफा विश्वकपबाट बाहिरिने खतरामा रहेका पाँचवटा ठूला टोलीहरूलाई हेरौं।
५. संयुक्त राज्य अमेरिका (युएसए) – २ खेलमा २ अंक
४. उरुग्वे – २ खेलमा २ १ अंक
३. अर्जेन्टिना – २ खेलमा ३ अंक
२. बेल्जियम – २ खेलमा ३ अंक
१. जर्मनी – २ खेलमा १ अंक