वेल्सका कप्तान ग्यारेथ बेल मंगलबार २९ नोभेम्बरमा हुने २०२२ फिफा विश्वकप भिडन्तमा आफ्नो टोली इंग्ल्याण्डलाई स्तब्ध पार्न सक्षम रहेकोमा अडिग छन्। ड्र्यागनले १९८४ देखि आफ्ना आफ्ना छिमेकीहरूलाई हराएको छैन र फिफा विश्वकपको अन्तिम १६ मा पुग्नको लागि भने मंगलबार राति त्यसो गर्न आवश्यक रहेको छ।
रोब पेजका टोलीले इङ्ल्यान्डलाई चार-गोलको अन्तरले हराउनुपर्छ र समूह चरणबाट अगाडि बढ्न इरान र अमेरिकाले आफ्नो अन्तिम खेल बराबरी खेलुन् भन्ने आशामा बस्नु पर्नेछ। बेलको ढिलो पेनाल्टीको कारण आफ्नो ओपनरमा अमेरिकासँग १-१ को बराबरी खेल्ने वेल्सका लागि फिफा विश्वकप अभियान निराशाजनक रहेको छ। फिफा विश्वकपमा समूह बीको दोस्रो खेलमा इरानसँग २–० ले नाटकीय हार बेहोरेको थियो। यसैबीच, इङ्ल्यान्डले इरानलाई ६-२ ले हराएर सनसनीपूर्ण सुरुवात गरेको थियो, तर आफ्नो दोस्रो खेलमा अमेरिका विरुद्ध ०-० को बराबरीमा रोकिएको हो।
बेलले आफ्नो छिमेकीसँगको खेलमा वेल्सको सम्भावना रहेको बताएका हुन्। ३३ वर्षीय खेलाडीले साउदी अरेबियाको अर्जेन्टिनामाथि २-१ को जित जस्ता पहिल्यै भइसकेका झट्कालाई संकेत गरेका छन्। उनले भने: “प्रतियोगितामा पहिले नै केही झटकाहरू भइसकेका छन् र हामीले त्यसो गर्न नसक्ने कुनै कारण छैन।”
लस एन्जलस एफसी विंगरले वेल्सले आफ्नो अन्तिम खेलअघि थ्री लायन्सको मूल्याङ्कन गर्दै आफूहरुले आफ्नो गृहकार्य गरेको भन्दै भने: “सबैसँग कमजोरीहरू छन्। हामीले हाम्रो गृहकार्य गरेका छौं र बैठकहरू गरेका छौं, र म पक्का छु कि उनीहरूले पनि त्यस्तै गरेका छन्। हामीलाई थाहा छ यो कत्तिको गाह्रो हुनेछ। इंग्ल्याण्ड धेरै राम्रो टोली हो। उनीहरु विश्वकप दाबेदार मध्ये एक हुन्।”