सन् १९५८ पेलेपछि विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने गाभि !

सन् २०२२ को फिफा विश्वकपमा कोस्टारिका विरुद्ध गोल गरेपछि स्पेनका वन्डरकिड गाभि १९५८ मा पेलेपछि विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्। किशोर प्रोडिजी अहिले मात्र १८ वर्ष ११० दिनको रहेका छन्। यससँगै उनी मेगा फुटबल प्रतियोगितामा गोल गर्ने तेस्रो कान्छो खेलाडी बनेका छन्।

ला रोजाले समूह ईको आफ्नो पहिलो खेलमा कोस्टारिकालाई ७–० ले हराएको छ। गाभिले शानदार साइड-फुटेड भलीमार्फत आफ्नो टोलीको पाँचौं गोल गरे। गाभि बाहेक ड्यानी ओल्मो, मार्को एसेन्सियो, कार्लोस सोलर, अल्भारो मोराटाले गोल गरे भने फेरान टोरेसले दुई गोल गरे। खेलको ११ औं मिनेटमा ओल्मोले स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए। गाभीले दिएको पासलाई ओल्मोले गोलमा परिणत गर्दै विश्वकपमा स्पेनका लागि गोलको शतक समेत पूरा गरेका थिए।

२१ औं मिनेटमा स्पेनले अग्रता दोब्बर पार्यो। जोर्डी अल्बाको क्रसमा एसेन्सियोको प्रहार गोल भएको थियो। गोलरक्षक केलर नाभासको बचाउने प्रयास सफल नहुँदा स्पेन २-० ले अघि बढेको थियो।

३१ औं मिनेटमा स्पेनले पेनाल्टीमार्फत गोल थप्यो। अल्बालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा फेरान टोरेसले गोल गरे। दोस्रो हाफको ५४ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गरे। उनले पेनाल्टी क्षेत्र भित्र डिफेन्डरको दबाब चिर्दै गोल गरेका थिए। ७४ औं मिनेटमा टिनएज मिडफिल्डर गाभीले गोल गरे। उनले अल्भारो मोराटाको चिप पासलाई पेनाल्टी क्षेत्र बाहिरबाट आउटसाइड फुटले प्रहार गरेका थिए। उनको प्रहार पोस्टमा लाग्दै गोल भएको थियो। ९० औं मिनेटमा कार्लोस सोलेरले गोल गर्दै स्पेनको आधा दर्जन गोल पुर्याए । इन्ज्युरी समयमा मोराटाले ओल्मोको पासको सदुपयोग गर्दै ७-० को अग्रता दिलाए।

प्रकाशित : , ०, ०१६:०६

पूर्व खेलाडी भन्छन्-“अर्जेन्टिनाका मात्र २ खेलाडीले इङ्ल्यान्डको सुरुवाती ११ मा स्थान पाउँछन्”