अन्तिम पटक ब्राजिललाई विश्वकप जिताउँने कप्तान भन्छन्-“यो पटक ब्राजिल र अर्जेन्टिनालाई ठूलो मौका छ”

दिग्गज राइट-ब्याक काफुले २०२२ फिफा विश्वकपमा प्रभुत्व जमाउन दुई सबैभन्दा सफल दक्षिण अमेरिकी राष्ट्रहरूलाई समर्थन गरेका छन्, ब्राजिल र अर्जेन्टिना यसपटकको विश्वकप जित्न प्रमुख दाबेदार रहेको दाबी गरेका छन्।

दक्षिण अमेरिकाले फिफा विश्वकप जितेको धेरै समय भइसकेको छ। सेलेकाओ आफ्नो महाद्वीपबाट विश्वकप जित्ने अन्तिम राष्ट्र थियो, साम्बा ब्वाईजले अन्तिम पटक २००२ मा विश्वकप जितेको थियो। अर्कोतर्फ अर्जेन्टिना अझै लामो खडेरीबाट गुज्रिरहेको छ, उनीहरूको अन्तिम सफलता सन् १९८६ मा आएको थियो। सन् २००२ मा ब्राजिलको विश्वकप विजेता टोलीको कप्तानी गरेका काफुले यस वर्ष कतारमा युरोपेली प्रभुत्व तोड्न दुई देशलाई साथ दिएका छन्।

कतारमा हुने फिफा विश्वकपका लागि आफ्नो दाबेदार राष्ट्रको नाम सोध्दा, एसी मिलान लेजेन्डले एएफपीलाई भने: “यो युरोपेली प्रभुत्व तोड्ने ठूलो अवसर हो। ब्राजिलका लागि यो श्राप तोड्ने र उपाधि जित्ने उपयुक्त समय हो। अर्जेन्टिना र सेलेकाओ दुई दाबेदार हुन्। एकातिर ब्राजिलले उत्कृष्ट प्रदर्शन गर्दै सिजन निकै राम्रो खेल्दै आएको छ भने अर्कोतर्फ अर्जेन्टिनासँग पनि निकै राम्रो टोली छ। यी दुई देशसँग कप जित्ने ठूलो सम्भावना छ।”

काफु यसो भन्दै निष्कर्षमा पुगे: “ब्राजिलले बीस वर्षदेखि उपाधि जित्न नसकेको तथ्यले फ्यानहरूलाई अलिकति असर गर्छ र राष्ट्रिय टोलीबाट अलिकति विश्वसनीयता खोस्छ। तर यस वर्ष, मलाई लाग्छ विश्वकप ब्राजिल फर्कदैछ।”

अर्जेन्टिनाले आफ्नो २०२२ फिफा विश्वकप अभियान नोभेम्बर २२ मा समूह सी प्रतिद्वन्द्वी साउदी अरेबियासँग भिडन्तबाट सुरु गर्नेछ। अर्कोतर्फ ब्राजिलले बिहीबार नोभेम्बर २४ मा समूह जी को प्रतिद्वन्द्वी सर्बियासँग खेल्नेछ।

प्रकाशित : , ०, ०१७:००

आफ्नो करियर अब धेरै लामो नभएको मेस्सीको खुलासा, छिट्टै सन्यास लिने संकेत !