लेवान्डोस्कीले रातो कार्ड पाएपनि राफिन्हाले बचाए बार्सिलोनालाई, म्याड्रिड माथि ५ अंकको अग्रता !

एजेन्सी – १० खेलाडीमा समेटिएको क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा ओसासुनामाथि रोमाञ्चक पूनरागमन जित निकालेको छ।

बार्सिलोनाले घरेलु टोली ओसासुनासँग १–० ले पछि परेको स्थिति उल्ट्याएर २–१ को पूनरागमन जित दर्ता गरेको हो। पाम्पलोना स्पेनमा मंगलबार राति भएको खेलमा बार्सिलोनाको पूनरागमन जितमा पेड्री र रािफन्हाले गोल गरे। घरेलु टोलीका डेभिड गार्सियाको गोल सान्त्वना बन्यो।

खेलको छैटौं मिनेटमा गार्सियाको गोलबाट बार्सिलोना पछि परेको थियो। उनले रुवेन गार्सियाको पासलाई सदुपयोग गरेका थिए। ३१औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिन पुग्यो। फरवार्ड रोबर्ट लेवान्डोस्की दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा बेञ्चमा रहेका डिफेन्डर जेरार्ड पिके सिधै रातो कार्ड खाँदै प्लेयर बक्स छाड्न बाध्य भए। तर १० खेलाडीमा समेटिएको बार्सिलोनाले दोस्रो हाफमा सानदार प्रदर्शन गर्दै महत्वपूर्ण जित निकाल्न सफल भयो।

४८औं मिनेटमा पेड्रीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। ५औं मिनेटमा परिवर्तित खेलाडी राफिन्हाले गोल गर्दै बार्सिलोनालाई पूनरागमन जित दिलाए। ७औं मिनेटमा औसमाने डेम्वेलेको स्थानमा मैदान छिरेका राफिन्हाले फ्रान्की डि जोङको पासमा गोल गन सफल भएका थिए।

यस रोमाञ्चक पूनरागमन जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले रियल म्याड्रिडलाई ५ अंकले पछि पारेको छ। शीर्षस्थानमा रहेको बार्सिलोनाको १४ खेलबाट ३७ अंक पुगेको छ। एक खेल कम खेलेको रियल म्याड्रिडको ३२ अंक छ। पराजित ओसासुना २३ अंक जोडेर छैटौं स्थानमा रहेको छ।

प्रकाशित : , ०, ०११:२९

जिनाब्रीले तहल्का पिटेपछि बार्यन गर्यो ताण्डव, धडा-धड गर्यो आधा दर्जन गोल !