१० खेलाडीमा समेटिएको मिलानले जित्यो, दोस्रो स्थानमा उक्लियो !

एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको मिलानले स्पेजियालाई २–१ ले पराजित गरेको हो ।

मिलानोमा शनिबार राति भएको खेलमा मिलानको जितमा थियो हर्नान्डेज र ओलिभर जिरुउडले गोल गरे । स्पेजियाका ड्यानियल माल्दिनीले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको २१औं मिनेटमा थियो हर्नान्डेजको गोलबाट मिलानले सुरुवाती अग्रता लिन सफल भयो । उनले इस्माइल बेनासेरको पासमा गोल गर्न सफल भएका थिए । ५९औं मिनेटमा ड्यानियल माल्दिनीले एर्काडिअस्ज रेकाको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

६५औं मिनेटमा सान्द्रो टोनाली गोल गरेपछि भिएआरबाट मान्यता नपाँउदा मिलानले अग्रता लिन सकेन । ८९औं मिनेटमा ओलिभर जिरुउडले सान्द्रो टोनालीले गोल गर्दै मिलानलाई २–१ को जित सुनिश्चित गरे । गोल गरेको एक मिनेटपछि नै जिरुउड दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिदा मिलान १० खेलाडीमा समेटिन पुग्यो ।

यस जितसँगै मिलान १३ खेलबाट २९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित स्पेजिया ९ अंक जोडेर १७औं स्थानमा छ । यस्तै सिरी ‘ए’ कै अर्काे खेलमा नेपोलीले एटलान्टालाई २–१ ले तथा इम्पोलीले ससुलोलाई १–० ले पराजित गरेको छ । उडिनेस र लिसले १–१ गोलको बराबरी खेल्दा सालेरनिटना र क्रेमोन्सेले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रकाशित : , ०, ००८:१३

के आर्सनलले चेल्सीको घरेलु मैदानमा मच्चाउन सक्ला ताण्डव, खेल कुन च्यानलमा हेर्ने ?