विश्वकप २०१८ फाइनलिस्ट भन्छन्-“म मेस्सीको फ्यान हुँ तर यसपटक विश्वकप भने ब्राजिलले जित्नेछ”

क्रोएसियाका अन्तर्राष्ट्रिय खेलाडी आन्द्रेज क्रमारिकले ब्राजिलले २०२२ मा कतारमा हुने फिफा विश्वकप जित्ने भविष्यवाणी गरेका छन्। प्रतियोगिता सुरु हुन तीन हप्ता भन्दा कम समय बाँकी रहँदा फ्रान्स विरुद्ध २०१८ को फाइनलमा दोस्रो हाफको विकल्पको रूपमा मैदान प्रवेश गरेका ३१ वर्षीयाले पाँच पटकको विश्व च्याम्पियनले फुटबलको सबैभन्दा ठूलो पुरस्कार हात पार्ने विश्वास गर्छन्।

स्पोर्ट्सकिडाले २०२२ फिफा विश्वकपका लागि प्रमुख दाबेदारको नाम सोध्दा, क्रमारिकले आफू अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको ठूलो समर्थक भएपनि ब्राजिलसँग बलियो टोली रहेकोले अन्तिम पटक २००२ मा विश्वकप जितेको ब्राजिल यसपटक प्रमुख दाबेदार रहेको बताएका हुन्। “यदि तपाईं मलाई प्रशंसकको रूपमा सोध्नुहुन्छ भने, म लियोनल मेस्सीको प्रशंसक हुँ, तर ब्राजिलले जित्ने छ,” उनले भने।

क्रमारिकले २०१४ मा डेब्यू गरेदेखि क्रोएसियाका लागि ७४ खेल खेलिसकेका छन् र उनको नाममा १९ अन्तर्राष्ट्रिय गोलहरू छन्, जसले उनलाई इतिहासमा आठौं उच्च गोलकर्ता बनाएको छ। बहुमुखी प्रतिभाका धनी क्रोएशियाली फरवार्ड होफेनहेमको प्रतिनिधित्व गर्दै सुरुमा २०१६ मा लोनमा क्लबमा सामेल भएदेखि बुन्डेस्लिगामा घरेलु नाम बनेका छन्।

जर्मन क्लबका लागि सबै प्रतियोगितामा २३१ उपस्थितिमा १०६ गोल सहित, क्रामारिक निस्सन्देह आधुनिक समयको होफेनहेम दिग्गज बनेका छन्।

प्रकाशित : , ०, ०१७:०३

१० खेलाडीमा सिमित भएरपनि सिटीले जित्यो, नायक बने हालान्ड !