अब एरिक टेन ह्यागलाई रोनाल्डो नचाहिने भयो, जनवरीमै लखेटिने !

एजेन्सी – सिजनको सुरुवात देखि नै क्रिस्टियानो रोनाल्डोको मन म्यानचेस्टर युनाइटेडमा छैन। गत सिजनको अन्त्यसँगै युनाइटेड छाडेर अन्यत्र जाने प्रयास गरेका उनी अझै युनाइटेडमा केन्द्रित हुन सकिरहेका छैनन्।

न त उनी पहिला जस्तो राम्रो प्रदर्शन गर्न सकिरहेका छन्, न त उनी युनाइटेडको टोलीमा नियमित पर्न नै सकिरहेका छन्। युनाइटेडको टोलीमा नियमित पर्न नसकेकै कारण रोनाल्डो थप बिच्किएका छन्।

बेन्चमा सिमित हुनुपर्दा रोनाल्डोलाई हुन सम्म पिडा भएको छ। गत साता त रोनाल्डोले हदै पार गरे। खेल सकिनु भन्दा अगाडी नै उनी स्टेडियम छाडेर बाहिरिए। खेल सकिनु भन्दा अगाडी नै स्टेडियम छाड्नुलाई अनैतिक रुपमा लिने गरिन्छ।

सो कदम सँगै रोनाल्डो निरन्तर आलोचनाको केन्द्रमा छन्। युनाइटेड समर्थक नै रोनाल्डोको आलोचनामा उत्रिएको अवस्था छ। युनाइटेडले रोनाल्डोलाई कारवाही स्वरूप चेल्सी विरुद्धको खेलमा खेलाएन।

यसै बीच रोनाल्डोले जनवरीमै क्लब छाडे चर्चा पनि सुरु भएको छ। बलायती मिडिया मिररले गरेको दावीलाई मान्ने हो भने युनाइटेडका प्रशिक्षक एरिक टेन ह्याग पनि रोनाल्डोलाई जान दिँदा नै राम्रो हुने निष्कर्षमा पुगेका छन्।

सिजनको सुरुवातमा रोनाल्डोको आवश्यकता देखेपनि बदलिएको परिस्थितमा उनी रोनाल्डोलाई बिक्री गर्ने निर्णयमा पुगेको मिररले जनाएको छ। टेन ह्यागले क्लबका उच्च अधिकारीहरुलाई जनवरीमै रोनाल्डोलाई अन्यत्र पठाउन सुझाव दिसकेका छन्।

प्रकाशित : , ०, ०११:२६

डे ब्रुएन अझै राम्रो बन्न सक्नेमा गुआर्डीओला ढुक्क !