विश्वकपका लागि फर्कने प्रयासमा छन् धेरै खेलाडी ! को फर्किने सम्भावना छ, को फर्किने सम्भावना छैन ?[सूची]

एजेन्सी – फिफा विश्वकप फुटबल प्रतियोगिताको पर्खाइ अर्काे महिना सकिँदै छ । नोभेम्बरमा कतारमा विश्वकप हुँदै छ । विश्वकप जति नजिक हुँदै छ, चर्चित खेलाडी चोटमुक्त हुन प्रतीक्षा गरिरहेका छन् । विभिन्न देशका खेलाडी युरोपियन लिगमा व्यस्त छन् । विश्वकपका कारण यसपटक खेलाडीले विश्रामको मौका कम पाउनेछन् ।

खेलाडीलाई क्लबको ड्युटीसँगै सीधै विश्वकपमा होमिनुपर्ने बाध्यात्मक परिस्थिति छ । यति मात्रै होइन, अहिले खेलाडीलाई चोटको चिन्ता छ । विश्वकपअघिको चोट नै खेलाडीहरूका लागि घातक बनिरहेको छ ।

इंग्ल्यान्डको पहिलो रोजाइका राइट ब्याक रिस जेम्सले चेल्सीबाट खेल्ने क्रममा घुँडाको चोट बोके । यस्तै, अर्जेन्टिना तथा युभेन्ट्सका भेट्रान एन्जिलो डी मारिया ह्यामस्टिङका कारण मैदानबाहिर रहेका छन् । चेल्सीले शनिबार एस्टन भिल्ला र युभेन्ट्सले टोरिनोको यात्रा गर्नेछन् । यी खेलाडीको मनमा एउटै प्रश्न छ, कतै फिफा विश्वकप गुम्ने होइन ? कतार विश्वकप आउन पाँच साता बाँकी छ । जेम्स, डी मारिया चोट बोक्ने खेलाडीको सूचीमा आएका छन् । अब यी खेलाडीले आफूलाई फिट रहन एकपटक फेरि प्रतिस्पर्धामा उत्रनेछन् । केही खेलाडी विश्वकपमा उपलब्ध हुने विश्वासमा छन् । कोही भने विश्वकपमा उपलब्ध नहुन सक्छन् ।

जो विश्वकपबाहिर हुन सक्छन्

विश्वकपमा सहभागी राष्ट्रका मुख्य प्रशिक्षकले आफ्ना खेलाडी बाहिर हुने निश्चित गरिसकेका छन् । चर्चित खेलाडीले आफू विश्वकपबाट बाहिर रहेको प्रस्ट पारिसकेका छन् । अमेरिकाका रक्षक माइल्स रोबिन्सन रिकवरी हुने अवस्थामा छन् । पोल्यान्ड र ब्राइटनका मिडफिल्डर ज्याकुब मोडर गत सिजन अन्तिममा एसियल चोट बोक्दा बाहिर छन् । एस्टन भिल्ला तथा फ्रान्सका बुबाकर कामराको फर्कने सम्भावना कम छ । अन्तिम महिना बुबाकरले साउथ ह्याम्पटनविरुद्ध घुँडाको चोट बोकेका थिए । पोर्चुगलका वैकल्पिक खेलाडी पेड्रो नेटोले घुँडाको चोटपछि सर्जरी गरेका छन् । एस्टन भिल्लाले उल्भ्सलाई २–० ले पराजित गर्दा उनले चोट बोकेका थिए । चोटबाट मुक्त हुन सकेनन् भने उनको स्थानमा फर्नान्डो सान्तोषले स्थान लिनेछन् । खुट्टाको ठूलो चोटका कारण मेक्सिकोका स्टार जेसुस कोरोना र हल्यान्ड मिडफिल्डर जर्जजिन्हो विज्नाल्डुम चोटमुक्त पर्खाइमा छन् ।

फर्कनेमा शंका

विश्वकपअघि चोटका कारण बढी खेलाडी गुमाउने स्थितिमा इंग्ल्यान्ड देखिएको छ । स्टार खेलाडी जेम्ससँगै म्यानचेस्टर सिटीका केली वाल्कर र लिभरपुलका ट्रेन्ट एलेक्जान्डर अनोल्ड फर्कनेमा आशंका छ । युनाइटेडविरुद्ध ६–१ को जितमा ग्रोइन इन्जुरीका कारण वाल्करले सर्जरी गर्नुपरेको छ । सिटीका प्रशिक्षक पेप ग्वार्डिओला वाल्कर विश्वकपअघि ‘मैदान फर्कन सक्छन्’ भन्ने छैन । लिभरपुल आर्सनलसँग ३–२ ले पराजित हुँदा एलेक्जान्डरले यंकल इन्जुरी बोकेका थिए । राइट ब्याक एलेक्जान्डरबारे प्रशिक्षक जर्गेन क्लोपले समेत विश्वकपअघि फर्कने अवस्था गाह्रो मान्छन् । वाल्करकै अनुपस्थितिमा युरोकप २०२० मा प्रशिक्षक गेराथ साउथगेटले जोन स्टोनेस र काल्भिन फिलिप्सलाई ठूलो जिम्मेवारी दिएका थिए । अहिले तिनै खेलाडी चोटबाट गुज्रिरहेका छन् ।

विश्वकपबाहिर भएका खेलाडी
– अमेरिका– माइल्स रोबिन्सन – पोर्चुगल– पेन्ड्रो नेटो – पोल्यान्ड– जाकुब मोडर – फ्रान्स– बोउबाकर कामरा – मेक्सिको– जेसुस कोरोना – हल्यान्ड– जर्जिनोइ विज्लाल्डुम

फर्कने आशामा रहेका खेलाडी
– इंग्ल्यान्ड– केली वाल्कर, ट्रेन्ट एलेक्जान्डर अर्नाेल्ड, रिस जेम्स, जोन स्टोनेस, काल्भिन फिलिप्स – अर्जेन्टिना– पाउलो डिबला, एन्जिलो डी मारिया – फ्रान्स– लुकास हर्नान्डेज, लुकास डिग्ने, प्रेस्नल किम्पेम्बे, एगोलो कान्टे, पाउल पोग्वा – जर्मनी– फ्लोरियन विर्टज – मेक्सिको– राउल जिमिनेज – पोर्चुगल– पेपे, नुनो मेन्डिज – स्पेन– माइकल ओयर्जाबल, डानी ओल्मो

-नयाँ पत्रिकाबाट 

प्रकाशित : , ०, ००८:३५

“रोनाल्डोले आफू करियरको अन्त्यमा रहेको स्वीकार्नु पर्छ, चुपचाप युनाइटेडमै बस्नुपर्छ”