हालाण्ड धेरै वर्ष सिटीमा नबस्ने, यति वर्षपछि छाडेर यो देश जाने !

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली युवा स्टार एर्लिङ हालाण्डका पिता अल्फी हालाण्डले तीन-चार वर्षपछि हालाण्ड अन्यत्र जान सक्ने बताएका छन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा अल्फी हालाण्ड आफ्ना छोरा एर्लिङ तीन देखि चार वर्ष सिटीमा बसेपछि अन्यत्र जान सक्ने बताएका हुन्।

हालाण्डले आफ्नो क्षमता सबै लिगमा प्रमाणित गर्न चाहेको र त्यसैको लागि अहिले प्रिमियर लिग पुगेको उनले बताए। उनका अनुसार छोरा हालाण्ड केहि वर्ष सिटीमा रहनेछन् र त्यसपछि अन्यत्र जानेछन्। ‘

प्रिमियर लिग पछि हालाण्ड स्पेन जान सक्ने संकेत उनका पिताले गरे। स्पेन पछि इटाली र फ्रान्सका लिगहरुमा पनि हालाण्डले आफूलाई प्रमाणित गर्ने उनको भनाई छ।

“मलाई लाग्छ कि एर्लिङले सबै लिगमा आफ्नो क्षमता चाहन्छ। उनी सिटीमा तीन वा चार वर्ष बस्न सक्छन्। त्यसपछि नयाँ च्यालेन्जका लागि उनी अन्यत्र जान सक्छन्। उदाहरणको लागि दुई-साढे दुई वर्ष जर्मनमा, दुई-साढे दुई वर्ष इंग्ल्याण्डमा त्यसपछि स्पेनमा, फ्रान्स र इटालीमा।”,अल्फी हालाण्डले भने।

हालाण्ड यसै सिजन सिटी आइपुगेका हुन्। हालाण्डको नाम बार्सिलोना, रियल म्याड्रिड जस्ता क्लबहरुसँग जोडिएपनि उनले सिटीलाई रोजेका थिए। उनका पिता पनि सिटीका पूर्ण खेलाडी हुन्।

हालाण्ड सिटी आएपछि पनि उच्च प्रदर्शन गरिरहेका छन्। सिटीका लागि उनले अहिले सम्म ११ खेल खेलेका छन्। जसमा उनले १४ गोल गरिसकेका छन्। साथै हालाण्डको नाममा १ असिस्ट पनि छ।

प्रकाशित : , ०, ०१२:३४

कतार विश्वकपमा यी ४ राष्ट्रले अर्जेन्टिनाको तेल निकाल्न सक्ने पोचेटिनोको चेतावनी !