एम्बाप्पे भन्छन्-“अब म देखाउँछु च्याम्पियन्स लिग कसरी जित्ने भनेर “

किलियन एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) को मुख्य उद्देश्य आफ्नो इतिहासमा पहिलो पटक च्याम्पियन्स लिग ट्रफी जित्नु रहेको दोहोर्‍याएका छन्।

सिजन २०१९-२० को फाइनलमा पुगेपछि, पीएसजी गत सिजन राउन्ड अफ १६ बाट अगाडी पुग्न असफल रह्यो जब फ्रेन्च क्लब अन्तत: विजेता बन्न बन्दै १४ पटकको च्याम्पियन्स लिग विजेता रियल म्याड्रिडसँग पराजित भएको थियो। “[च्याम्पियन्स लिग जित्नु पीएसजीको] स्पष्ट र परिभाषित उद्देश्य हो,” एमबाप्पेले बीएफएमटीभीलाई भने, “च्याम्पियन्स लिग जित्नु र पीएसजीको सर्वकालीन शीर्ष स्कोरर बन्नु मेरो उद्देश्यको हिस्सा हो, तर त्योभन्दा पनि धेरै छन्।”

“च्याम्पियन्स लिग एउटा स्पष्ट उद्देश्य हो, त्यो स्थापित र घोषणा गरिएको छ। हामीलाई च्याम्पियन्स लिगको वर्णन गर्न थप विशेषणहरू चाहिँदैन। हामी यसलाई जित्न चाहन्छौं र हामीसँग बाटो छ।”

ज्लाटन इब्राहिमोभिकलाई पिएसजीका दोस्रो सर्वाधिक गोलकर्ताको रूपमा पछि पारेका एमबाप्पेले क्लबको इतिहासमा एडिन्सन काभानीलाई पछि पार्दै शीर्ष स्कोरर बन्ने आकांक्षा राखेका छन्। “पीएसजीको सर्वाधिक गोलकर्ता बन्न पाउनु शानदार हुनेछ,” एमबाप्पेले भने, “मलाई लाग्छ कि यदि मैले गरिरहेको कामलाई निरन्तरता दिइयो भने, यसमा कुनै समस्या हुनेछैन।”

अन्तमा, एमबाप्पेलाई नयाँ सम्झौतामा हस्ताक्षर गर्न पीएसजी अध्यक्ष नासेर अल-खेलाफीबाट कुनै दबाब थियो कि भनेर सोधियो। “हो, उहाँ अझै मेरो अध्यक्ष हुनुहुन्छ। र अब यो समाप्त भयो, यो समाप्त भयो,” एमबाप्पेले हाँस्दै भने।

प्रकाशित : , ०, ०११:३५

“च्याम्पियन्स लिगमा यस सिजन प्रिमियर लिग क्लबलाई कसैले हल्लाउँन पनि सक्दैन”