लिभरपुललाई फेरी लाग्यो झड्का, दोस्रो पटक घाइते भए महत्वपूर्ण खेलाडी !

एजेन्सी – लिभरपुलका फरवार्ड डिओगो जोटा एक पटक पुनः घाइते भएका छन्। चोटका कारण सिजनको सुरुवात देखि नै लिभरपुलका लागि खुलेर खेल्न नसकेका उनी एक पटक पुनः घाइते भएका हुन्।

जोटा लिभरपुलको शनिबार ब्राइटनसँगको प्रिमियर लिगको भिडन्त अघि आफ्नो अन्तिम प्रशिक्षण सत्रमा सहभागी नभएको विभिन्न बेलायती मिडियाहरुले जनाएका छन्। नेसन्स लिग अन्तर्गत स्पेन विरुद्धको खेलमा प्रतिस्थापन गर्न प्रशिक्षकलाई आग्रह गरेका जोटा लिभरपुलको अन्तिम प्रशिक्षणमा सहभागी नभएको लिभरपुल इकोले जनाएको छ।

लिभरपुलका धेरै खेलाडी घाइते रहेको अवस्थामा जोटा पुनः घाइते हुनु लिभरपुलका लागि पक्कै सुखद संकेत होइन। जोटाले लिभरपुलका लागि यस सिजन ३ खेल मात्रै खेलेका छन्। प्रिमियर लिगमा त उनले मात्रै १० मिनेट खेलेका छन्। सिजन सुरु हुनु भन्दा अगाडी नै जोटा घाइते भएका थिए। त्यसबेला ह्यामस्ट्रिङमा चोट लागेको थियो।

वोल्भरह्याम्प्टन वान्डरर्सबाट सन् २०२० मा एनफिल्ड गएदेखि नै प्रशिक्षक क्लोपको आक्रमणको मुख्य हिस्सा रहँदै आएका छन्। अहिले सम्म उनले लिभरपुलका लागि ८८ खेल खेलेका छन्। जसमा उनले ३४ गोल गरेका छन्। उनको उत्कृष्ट फर्मले रोबर्टो फर्मिनोलाई लिभरपुलमा मौका पाउन हम्मे-हम्मे बनाइदिएको थियो।

प्रकाशित : , ०, ००९:४१

ब्राजिलको जर्सीलाई लिएर लफडा, देशभर मच्चियो बबण्डर !