यी खेलाडीले सानै उमेरमा विश्वकप मन्चमा पिटे तहल्का, मेस्सी ? रोनाल्डो ?

फिफा विश्वकप एक यस्तो स्थानको जहाँ हरेक पुस्ताको सर्वश्रेष्ठ खेलाडीको झलक देख्न सकिन्छ। पेले, फ्रान्ज बेकेनबाउर, किलियन एमबाप्पे जस्ता फुटबलका उत्कृष्ट खेलाडीहरूले सानै उमेरमा फुटबल जगतको सबैभन्दा ठूलो मञ्चलाई उज्यालो पारेका छन्।

त्यस्तै लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो जस्ता वर्तमान सुपरस्टारले पनि यस्ता काम गरेका छन्। यी खेलाडीहरूले आफ्नो करियरको सुरुमा नै विश्वकपमा डेब्यु गरेका थिए र खेलका दिग्गजहरू बनेका छन्। त्यसोभए विश्वकप खेल्ने सबैभन्दा कान्छो खेलाडी को हुन्? के यो पेले हुन्? वा मेस्सी हुन्?

लियोनल मेस्सीले विश्वकपमा कहिले डेब्यु गरेका थिए ?

लियोनल मेस्सीले अर्जेन्टिनाको दोस्रो समूह चरणको खेलमा जुन १६, २००६ मा सर्बिया र मोन्टेनेग्रोविरुद्ध १८ वर्ष ११ महिना २४ दिनको उमेरमा विश्वकपमा डेब्यु गरेका थिए। मेस्सीले विश्वकपमा डेब्यु खेलमै गोल गरेपछि ला अल्बिसेलेस्टेले ६–० को फराकिलो जित निकालेको थियो।

क्रिस्टियानो रोनाल्डोले कहिले विश्वकपमा डेब्यु गरेका थिए ?

क्रिस्टियानो रोनाल्डोले २१ वर्ष, ४ महिना, यू दिनको उमेरमा जुन ११, २००६ मा अंगोला विरुद्ध आफ्नो विश्वकप डेब्यु गरेका थिए। उक्त खेल पाउलेटाको एकल गोलमा पोर्चुगलले १–० ले जितेको थियो।

के पेले विश्वकप खेल्ने सबैभन्दा कान्छो खेलाडी हुन् ?

१९५८ को विश्वकपमा, पेले घुँडाको चोटको कारणले पहिलो दुई खेल गुमाए। १७ वर्ष, ७ महिना, २४ दिनको उमेरमा उनले जुन १५ मा युएसएसआर विरुद्धको तेस्रो खेलमा डेब्यु गरे र एक असिस्ट प्रदान गरे। १७ वर्षको उमेरमा डेब्यु गरे पनि पेले विश्वकप इतिहासमा सबैभन्दा कान्छो उमेरमा विश्वकप खेल्ने खेलाडी भने होइनन्। त्यसोभए त्यो रेकर्ड कसको नाममा छ त?

विश्वकप खेल्ने सबैभन्दा कान्छो खेलाडी को हुन् ?

उत्तरी आयरल्याण्डका नर्मन ह्वाइटसाइड विश्वकप खेल्ने सबैभन्दा कान्छो खेलाडी हुन्। १७ वर्ष र ४१ दिनमा, जब उनले युगोस्लाभिया विरुद्ध १९८२ को विश्वकपमा डेब्यु गरे, उनले पेलेको कीर्तिमान तोडेर नयाँ रेकर्ड बनाए।

विश्व कप इतिहासमा शीर्ष १० कान्छा खेलाडी:- 

खेलाडी

उमेर

खेल

नर्मन ह्वाइटसाइड

१७ वर्ष र ४१ दिन

युगोस्लाभिया विरुद्ध उत्तरी आयरल्याण्ड (जुन १७, १९८२)

सामुएल इटो

१७ वर्ष, ३ महिना र ७ दिन

इटाली विरुद्ध क्यामरून (जुन १७, १९९८)

फेमी ओपाबुन्मी

१७ वर्ष, ३ महिना र ९ दिन

नाइजेरिया विरुद्ध इंग्ल्याण्ड (जुन १२, २००२)

सालोमोन ओलेम्बे

१७ वर्ष, ६ महिना र ३ दिन

क्यामरून विरुद्ध अस्ट्रिया (जुन ११, १९९८)

पेले

१७ वर्ष, ७ महिना र २४ दिन ब्राजिल विरुद्ध युएसएसआर (जुन १५, १९५८)

बार्थोलोमेउ ओग्बेचे

१७ वर्ष, ८ महिना र १ दिन

अर्जेन्टिना विरुद्ध नाइजेरिया (जुन २, २००२)

रिगोबर्ट संग

१७ वर्ष, ११ महिना र १८ दिन

क्यामरून विरुद्ध स्विडेन (जुन १९, १९९४)

कार्भाल्हो लेइटे

१८ वर्ष र २५ दिन

युगोस्लाभिया विरुद्ध ब्राजिल (जुलाई १४, १९३०)

मानुएल रोसास

१८ वर्ष, २ महिना २६ दिन

फ्रान्स विरुद्ध मेक्सिको (जुलाई १३, १९३०)

क्रिस्टियन एरिकसन

१८ वर्ष र ४ महिना

डेनमार्क विरुद्ध नेदरल्याण्ड (जुन १४, २०१०)
प्रकाशित : , ०, ००८:२६

कतार विश्वकपमा तहल्का नै पिट्नेछन् यी ५ टोलीले !