पूर्व व्यावसायिक फुटबलरहरूको एक सर्वेक्षणमा अधिकांश खेलाडीहरूले लियोनल मेस्सी भन्दा क्रिस्टियानो रोनाल्डोको करियर राम्रो भएको विश्वास गर्छन्। यी दुई स्टारको निकै उत्कृष्ट करियरमा कुन सुपरस्टार खेलाडीले सबैभन्दा ठूलो उपलब्धि हासिल गरेको भन्ने विषयमा लामो समयदेखि बहस चलिरहेको छ।
तर द एथलेटिकद्वारा गरिएको पूर्व व्यावसायिक फुटबल खेलाडीहरुको सर्वेक्षणमा, उत्तरदाताहरूको दुई तिहाइले मेस्सीको भन्दा म्यानचेस्टर युनाइटेड फरवार्डको उत्कृष्ट करियर भएको विश्वास गर्छन्। आफ्नो फुटबल करियरको अन्तिम समयमा रहेका मेस्सी र रोनाल्डो दुबैको उत्कृष्ट उपाधि संकलनमा नरहेको एक मात्र उपाधि भनेको विश्वकप उपाधि हो।
यस्तोमा, आउँदो संस्करणको कतारमा हुने २०२२ विश्वकप मेस्सी-रोनाल्डो दुबैका लागि फुटबल जगतको सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको उपाधि जित्ने अन्तिम मौका हुनसक्छ। सर्वेक्षणले पूर्व खेलाडीहरूले खेललाई कसरी हेर्छन् भन्ने सन्दर्भमा विभिन्न रोचक अन्तर्दृष्टिहरू पनि प्रदान गरेको छ। सर्वेक्षणमा सहभागी ५७ प्रतिशतले आफ्नो खेल्ने समय भन्दा हाल अफिसिङको स्तरमा सुधार आएको विश्वास गरेका छन्।