बार्सिलोनाले मेस्सीलाई अझै साढे ६ अर्ब दिनै बाँकी रहेको खुलासा !

गत वर्ष बार्सिलोनाबाट लियोनल मेस्सीको बहिर्गमनले सम्पूर्ण फुटबल जगतलाई ठूलो धक्का दिएको थियो। ३५ वर्षीय स्टारले आफ्नो सम्पूर्ण करियर क्लबमा बिताएका थिए र करियरभर एकै क्लबमा बस्ने खेलाडीको रूपमा खेल जीवन समाप्त गर्न तयार देखिन्थे।

तर क्याम्प नोउको आर्थिक परिस्थितिले बार्सिलोनासँग आफ्नो म्याद सकिएको सम्झौता नवीकरण गर्न नसकेपछि अन्ततः उनी पेरिस सेन्ट-जर्मेनसँग दुई वर्षीय सम्झौतामा अनुबन्ध भए। यद्यपि, जारी सिजनको अन्त्यमा पीएसजीसँगको उनको सम्झौताको म्याद सकिएपछि, क्याटालान क्लबले मेस्सीलाई पुन: अनुबन्ध गर्ने र अर्को समरमा उनलाई क्लबमा फिर्ता ल्याउने आशा गरेको धेरै अनुमान गरिएको छ। यसका लागि ब्लाउग्राना क्लबले पहिले नै मेस्सीसँगको बिग्रिएको सम्बन्ध बलियो गर्ने प्रयास गरिरहेको छ।

यस बीचमा, सिक रोड्रिग्वेजले बार्सिलोनाबाट मेस्सीलाई पुन: अनुबन्ध गर्ने कुनै पहल नभएको र यो सबै हल्ला मात्र भएको दावी गरेका छन्। यसबाहेक, पत्रकारले क्याटालान दिग्गज अझै पनि मेस्सीको ‘धेरै पैसा’ को ऋणी रहेको छ। जोसेप मारिया बार्टोमेउ नै क्लबको अध्यक्ष हुँदा २०२० मा महामारीको समयमा आफ्नो तलब स्थगित गर्ने खेलाडीहरू मध्येका पूर्व बार्सिलोना कप्तान पनि थिए।

यस्तोमा, विभिन्न मिडियाले रिपोर्ट गरे अनुसार, मेस्सीले अझै पनि बार्सिलोनाले भुक्तानी नगरेको ५० मिलियन भन्दा बढी तलब लिन बाँकी रहेको छ। बार्सिलोनाले सन् २०२१ र २०२२ मा किस्ताबन्दी मार्फत तिर्नका लागि आफ्ना वकिलहरूसँग वार्ता गरिरहेको अनुमान गरिएको थियो। तर सिक रोड्रिग्वेजले दिएको पछिल्लो अपडेट अनुसार भुक्तान अझै बाँकी छ।

प्रकाशित : , ०, ००३:५२

सुपर-कम्पुटरले पनि गर्यो विश्वकप विजेताको भविष्यवाणी, अर्जेन्टिना र पोर्चुगलको सम्भावना निकै न्युन !