सन् २०२० देखि कसले गरे सर्वाधिक अन्तराष्ट्रिय गोल: नम्बर एक हैनन् मेस्सी-रोनाल्डो कोही पनि, को त ?

जे नै भएपनि फुटबल भनेको गोल गर्ने र खेल जित्ने कुरा हो र त्यसैले फुटबलको इतिहासमा सबैभन्दा ठूला स्टार फरवार्ड रहेका छन्। सन् २०२२ को फिफा विश्वकप नजिकिँदै गर्दा यो जाडो फुटबल फ्यानहरूका लागि निकै रोमाञ्चक हुने भएको छ। हरेक फुटबल समर्थकहरु फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता सुरु हुनको लागि धैर्यपूर्वक पर्खिरहेका छन् र कुन खेलाडी र टोलीले विश्वकपमा ठूलो प्रभाव पार्नेछन् भन्ने सबैको चासोको विषय बनेको छ।

विश्वकपमा के हुन सक्छ भनी अनुमान गर्न, अन्तर्राष्ट्रिय मञ्चमा खेलाडीहरूको हालैको रेकर्ड हेर्नु महत्त्वपूर्ण हुन्छ। घरेलु मञ्चमा ठूला स्टार नभएका केही खेलाडी पनि आ–आफ्नो राष्ट्रिय टोलीका लागि ठूलो हुन सक्छन्। यस्तोमा, थप कुरा नगरी २०२० पछि सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने पाँच खेलाडीलाई हेरौं।

५. क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) – १८ गोल 

४. ह्यारी केन (इंग्ल्याण्ड) – १९ गोल 

३. लियोनल मेस्सी (अर्जेन्टिना) – २० गोल 

२. एर्लिंग हालान्ड (नर्वे) – २१ गोल 

१. मेम्फिस डिपे (नेदरल्यान्ड्स) – २३ गोल 

प्रकाशित : , ०, ०१७:५६

शिर्ष चारबाट लिभरपुल आउट हुने भविष्यवाणी, त्यसो भए को-को अटाउँछन् त ?