गुगलले विशेष रूपमा गरेको भविष्यवाणी अनुसार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुबैले यस हिउँदमा कतारमा हुने फिफा विश्वकपको फाइनलमा स्थानमा बनाउँन सक्ने छैनन्।
विश्वकप २०२२ को फाइनल डिसेम्बर १८ मा लुसेल स्टेडियममा हुनेछ। जबकि यस प्रतियोगिता सुरु हुन अझ केही समय बाँकी रहेको छ तर अहिलेबाट नै विश्व फुटबलको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता कसले जित्नेछ भनेर भविष्यवाणी सुरु भइसकेको छ। यस्तोमा, गुगलमा पनि मानिसले केही फरक देखेका छन्।
विश्व प्रख्यात सर्च इन्जिनले ब्राजिल र फ्रान्स फाइनल (निको क्यान्टोर मार्फत) को दिन ८०,००० क्षमताको स्टेडियममा खेल्ने तालिका देखायो। प्रयोगकर्ताहरूले यो नोट गरे जब उनीहरूले विश्वकप बारे जानकारी खोजे। तर यो समस्या अब भने समाधान गरिएको छ, प्रतियोगिताको फाइनल खेल टिबीडी विरुद्ध टिबीडी देखाउँदै।
यद्यपि यो सर्च इन्जिनको तर्फबाट त्रुटि भएको हुन सक्छ, तर यसलाई गुगलद्वारा गरिएको भविष्यवाणीको रूपमा पनि लिन सकिन्छ। फ्रान्स र ब्राजिल विश्वकपको फाइनलमा पुग्नुको अर्थ मेस्सी र रोनाल्डो दुबैले एकपटक फेरी प्रतिष्ठित उपाधि जित्ने मौका गुमाउने छन्। रोनाल्डो अहिले ३७ वर्षका भइसकेका छन् र उनको यो पोर्चुगलका लागि अन्तिम विश्वकप हुने सम्भावना छ। उनी पक्कै पनि विश्व फुटबलको सबैभन्दा ठूलो उपाधि जित्ने मौका गुमाउन चाहँदैनन्।
यसैबीच, अहिले ३५ वर्षका मेस्सीले चार वर्षपछि अर्को विश्वकप खेल्न सक्नेछन्। यद्यपि, यो विश्वकप पेरिस सेन्ट जर्मेनका फरवार्डलाई फुटबलको सबैभन्दा ठूलो मञ्चमा अन्तिम नै हुने सम्भावना उच्च रहेको छ।