एजेन्सी – युइएफए नेसन्स लिगमा साविक विजेता फ्रान्स डेनमार्कसँग स्तब्ध बनेको छ । फ्रान्स घरेलु टोली डेनमार्कसँग २–० ले स्तब्ध बनेको हो ।
पार्केनमा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा कास्पर डोलवर्ग र एन्ड्रिएस स्कोभ ओल्सेनले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो ।
खेलको ३४औं मिनेटमा कास्पर डोलवर्गले गोल गर्दै डेनमार्कलाई १–० को अग्रता दिलाए । उनले मिकेल ड्याम्सगार्डको पासमा गोल गर्न सफल भएका थिए ।
३९औं मिनेटमा एन्ड्रिएस स्कोभ ओल्सेनले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर पारे । उनले थोमस डिलानेको पासलाई सदुपयोग गरेका थिए । खेलमा पछि परेको फ्रान्सले खेलमा फर्कने प्रयास गरेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।
यो नतिजासँगै डेनमार्क लिग ए ग्रुप १ मा १२ अंक जोडेर दोस्रो स्थानमा रह्यो । पराजित फ्रान्स ५ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।
अष्ट्रियालाई ३–१ ले हराएर क्रोएसिया १३ अंक जोड्दै शीर्षस्थानमा रहेर फाइनल फोरमा प्रवेश गरेको छ । ४ अंक जोडेर पुछारमा रहेको अष्ट्रिया रेलिगेसनमा परेको छ ।
अन्य नतिजा
अजरवैजानविरुद्ध काजकस्तान (३–०), स्लोभाकियाविरुद्ध बेलारुस (१–१), एन्डोराविरुद्ध लात्भिया (१–१), मोल्दोभाविरुद्ध लिचेस्टाइन (२–०), नेदरल्यान्ड्सविरुद्ध बेल्जियम (१–०), वेल्सविरुद्ध पोल्यान्ड (०–१), फारोइ आइल्यान्डविरुद्ध टर्की (२–१) र लक्जेमवर्गविरुद्ध लिथुआनिया (१–०)