एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी)का ब्राजिलियन स्टार नेयमार ब्राजिलका दिग्गज पेलेलाई पछि पार्नेमा ढुक्क देखिएका छन्। राष्ट्रको सर्वाधिक गोलकर्ताको रुपमा रहेका पेलेलाई पछि पार्नेमा नेयमार ढुक्क देखिएका हुन्।
पेलेको रेकर्ड तोड्न लागेका बारे प्रश्न गरिँदा नेयमारले राष्ट्रिय टोलीक सहकर्मीहरुको सहयोग बिना त्यो सम्भव नहुने बताए। नेयमारका अनुसार उनले यसलाई भगवानको चाहनाको रुपमा लिएका छन्।
“भगवानको चाहना … उनको रेकर्डलाई पार गर्ने आशा गरौँ। मेरो टोलीका साथीहरूसँग यसको बारेमा कुरा गर्न जाँदैछु। उनीहरुको सहयोग बिना त यो सम्भव छैन।”,नेयमारले भने।
नेमारले फुटबलका केही आधुनिक महान खेलाडीहरूको सूचीमा समावेश हुन गइरहेका छन्। क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, रोबर्ट लेवान्डोस्की, लुइस स्वारेज र ज्लाटन इब्राहिमोभिच सबै आ-आफ्नो देशका लागि सर्वाधिक गोलकर्ता भइसकेका छन्। र अब आउने समयमा नेयमार पनि आफ्नो देशको उच्च गोलकर्ता हुन सक्छन्।
फुटबल लेजेण्ड पेले ब्राजिलका सर्वाधिक गोलकर्ता रहेका छन्। उनले ब्राजिलका लागि ९२ खेलबाट ७७ गोल गरेका छन्। त्यस्तै नेयमार भने पेले भन्दा मात्रै ३ गोलले पछि छन्। १ सय २० खेलबाट नेयमारले अहिले सम्म ७४ गोल गरेका छन्।
आफ्नो रेकर्ड नेयमारले तोडुन् भन्ने चाहन्छन् पेले
विभिन्न अवसरहरुमा पेलेले आफ्नो रेकर्ड नेयमार तोडुन् भन्ने आफ्नो चाहना रहेको बताइसकेका छन्। विभिन्न अन्तर्वार्ताहरुमा नेयमारले सर्वाधिक गोलकर्ताको रेकर्ड तोड्न लागेका बारे प्रश्न गरिँदा पेले त्यसमा आफूलाई कुनै आपत्ति नरहेको र नेयमार जस्तो खेलाडीले आफ्नो रेकर्ड तोड्नु आफ्नो लागि सम्मानको विषय हुने पेलेको जवाफ हुने गरेको छ।