नयाँ रिपोर्टका अनुसार ब्रान्ड मूल्यको हिसाबले प्रिमियर लिग क्लब लिभरपुल अब ऐतिहासिक प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेड भन्दा धेरै मूल्यवान बनेको छ।
ब्रान्ड फाइनान्स (फुटबल ट्रान्सफर मार्फत) द्वारा उपलब्ध गराइएको तथ्याङ्क अनुसार, रेड्स विश्वमा चौथो सबैभन्दा ठूलो ब्रान्ड मूल्य भएको क्लब बनेको छ, जसको मूल्य $१.४७५ बिलियन रहेको छ। रेड डेभिल्सको मूल्य गत वर्षको तुलनामा ११ प्रतिशतले बढेर १.४५ बिलियन डलर पुगे पनि लिभरपुल आफ्ना महान् प्रतिद्वन्द्वी युनाइटेडभन्दा माथि उक्लेको हो।
गत सिजन दुबै घरेलु उपाधि जितेकाले लिभरपुलको सूचीमा भएको वृद्धि मुख्यतया मैदानमा क्लबले गरेको प्रदर्शनमा आएको सुधारको कारण रहेकोमा कुनै शंका नै छैन। मर्सीसाइड क्लब गत सिजन पछिल्लो पाँच वर्षमा तेस्रो च्याम्पियन्स लिगको फाइनलमा पनि पुगेका थिए र प्रिमियर लिगको उपाधिबाट थोरैले छुटेका थिए, जसको कारण उनीहरुको ब्रान्ड ३०% ले ह्वात्तै बढेको छ।
सूचीमा अन्यत्र, रियल म्याड्रिड नौ वर्षमा पाँचौं च्याम्पियन्स लिगको उपाधि जितेर लगातार चौथो वर्ष सबैभन्दा मूल्यवान क्लब घोषित भएको छ। उनीहरुको १.७६८ बिलियन डलरको मूल्य दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको भन्दा धेरै छ, जसको मूल्य १.५३९ बिलियन डलर रहेको छ। बार्सिलोना १.५३६ बिलियन डलरको साथ सूचीमा तेस्रो स्थानमा छ।