पूर्व म्याड्रिड खेलाडी-“यस सिजन च्याम्पियन्स लिग बार्सिलोनाले नै जित्छ जस्तो छ”

पूर्व रियल म्याड्रिड स्टार रफाएल भान डर भाटले यस सिजन स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स जित्ने दावी गरेका छन्। उनले आफूलाई हाल बार्सिलोनाले नै च्याम्पियन्स लिग उपाधि जित्ने महशुस गरेको बताएका हुन्।

मंगलबार राति बार्सिलोना र बायर्न म्युनिख आमने-सामने हुँदैछन्। च्याम्पियन्स लिगको यस सिजनको दोस्रो खेलमा बार्सिलोना र बायर्न आमने-सामने हुन लागेका हुन्। खेल बायर्नको घरेलु मैदानमा हुनेछ। बायर्न घरेलु मैदानको फाइदा उठाउँदै बार्सिलोनालाई हार चखाउने दाउमा हुनेछ भने बार्सिलोना पछिल्ला वर्षहरुमा भोगेको हारको बदला लिने पक्षमा हुनेछ।

विगतका केही वर्षमा निकै कमजोर बन्दै गरेको बार्सिलोनाले यस सिजन भने निकै राम्रो टोली निर्माण गरेको छ। यसै सिजन निकै उत्कृष्ट ट्रान्सफर विन्डोको फाइदा उठाएको बार्सिलोना जारी सिजन निकै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। यस सिजन बार्सिलोनाले अपराजित रहेको छ। लालिगाको पहिलो खेलमा रायो भालेकालोसँग गोलरहित बराबरीमा रोकिएको बार्सिलोनाले त्यसपछिका हरेक खेल जितेको छ।

यस्तोमा, पूर्व आज्याक्स स्टार भान डर भाटले (बासा युनिभर्सल) भने: “बार्सिलोनाले यो वर्ष च्याम्पियन्स लिग जित्नेछ। यो मेरो भावना मात्र हो।” बार्सिलोना विरुद्धको च्याम्पियन्स लिगको भिडन्तमा बायर्नका प्रशिक्षक जुलियन नागेल्सम्यान किङ्स्ले कोमान र बोउना सरबिना हुनेछन्। दुवै खेलाडी चोटका कारण मैदान बाहिर छन्। त्यसबाहेक लगभग पूरा स्क्वाड नागेल्सम्यानका लागि उपलब्ध हुनेछ। त्यस्तै बार्सिलोनामा पनि चोटको खासै समस्या छैन। पछिल्लो खेलमा बार्सिलोनाका सर्जी रोबर्टो नखेलेपनि जर्मनी यात्रा गर्ने सूचीमा उनी समावेश भइसकेका छन्।

बार्सिलोना र बायर्न बीचको खेल नेपाली समय अनुसार रातको १२ बजेर ४५ मिनेटमा शुरु हुनेछ। खेल बायर्नको घरेलु मैदानमा हुने खेल भारतीय च्यानल सोनी टेन २ मा हेर्न सकिनेछ।

प्रकाशित : , ०, ०१३:०६

यी ५ कारण किन बार्सिलोनाले पछार्न सक्छ बार्यन म्युनिखलाई !