बायर्नसँग बार्सिलोनाले आज सबै हारको बदला लिन सक्ला ? खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – पछिल्ला वर्षहरुमा क्याटलान क्लब बार्सिलोनाले च्याम्पियन्स लिगमा यति कुनै क्लबसँग बढी पराजित भएको छ भने त्यो बायर्न म्युनिख हो। गत सिजन मात्रै बार्सिलोना र बायर्न बीच च्याम्पियन्स लिगको समूहचरणमा भेट भएको थियो। त्यसबेला दुवै खेलमा बार्सिलोना ३-०, ३-० को गोल अन्तरले पराजित भएको थियो।

दुवै खेलमा बार्सिलोनाले एक गोल पनि गर्न सकेको थिएन। त्यति बेला रोबर्ट लेवान्डोस्कीले उच्च प्रदर्शन गरेका थिए। तर अहिले अवस्था बदलिएको छ बार्सिलोना विरुद्ध गोल पछि गोल गर्ने तीनै रोबर्ट लेवान्डोस्की अहिले बार्सिलोनामा छन्।

आज राति बार्सिलोना र बायर्न पुनः आमने-सामने हुँदैछन्। च्याम्पियन्स लिगको यस सिजनको दोस्रो खेलमा बार्सिलोना र बायर्न आमने-सामने हुन लागेका हुन्। खेल बायर्नको घरेलु मैदानमा हुनेछ। बायर्न घरेलु मैदानको फाइदा उठाउँदै बार्सिलोनालाई पुनः हार चखाउने दाउमा हुनेछ भने बार्सिलोना पछिल्ला वर्षहरुमा भोगेको हारको बदला लिने पक्षमा हुनेछ।

बार्सिलोना विरुद्धको च्याम्पियन्स लिगको भिडन्तमा बायर्नका प्रशिक्षक जुलियन नागेल्सम्यान किङ्स्ले कोमान र बोउना सरबिना हुनेछन्। दुवै खेलाडी चोटका कारण मैदान बाहिर छन्। त्यसबाहेक लगभग पूरा स्क्वाड नागेल्सम्यानका लागि उपलब्ध हुनेछ। त्यस्तै बार्सिलोनामा पनि चोटको खासै समस्या छैन। पछिल्लो खेलमा बार्सिलोनाका सर्जी रोबर्टो नखेलेपनि जर्मनी यात्रा गर्ने सूचीमा उनी समावेश भइसकेका छन्।

बार्सिलोना र बायर्न बीचको खेल नेपाली समय अनुसार रातको १२ बजेर ४५ मिनेटमा शुरु हुनेछ। खेल बायर्नको घरेलु मैदानमा हुने खेल भारतीय च्यानल सोनी टेन २ मा हेर्न सकिनेछ।

प्रकाशित : , ०, ००८:५३

जब मुलरलाई मानेले झुक्किएर लेवान्डोस्कीलाई बल पास नगर्न आग्रह गरे …