चेल्सीले निकालेपछि पहिलो पटक यस्तो भावुक सन्देश दिए टुचेलले !

चेल्सीका पूर्व प्रबन्धक थोमस टुचेलले क्लबबाट बर्खास्त भएपछि पहिलो पटक सार्वजनिक रूपमा आफ्नो भावना व्यक्त गरेका छन्। यूईएफए च्याम्पियन्स लिगको उद्घाटन खेलमा दिनामो जाग्रेबसँग पराजित भएपछि ब्लूजले सेप्टेम्बर ७ मा टुचेलसँग अलग भएको घोषणा गरेको हो।

यस्तोमा, जर्मन प्रशिक्षकले अन्ततः यस मुद्दामा आफ्नो मौनता तोड्दै उनले सार्वजनिक बयान जारी गरेका छन्। ४९ वर्षीयाले ट्वीटरमा यस्तो लेखे: “यो मैले लेख्नु पर्ने सबैभन्दा कठिन कथनहरू मध्ये एक हो – र यो मैले धेरै वर्षसम्म गर्न आवश्यक पर्दैन भन्ने आशा गरेको थिएँ। चेल्सीमा मेरो समय समाप्त भएकोमा म निराश छु। चेल्सी यस्तो क्लब हो जहाँ मैले व्यावसायिक र व्यक्तिगत रूपमा घरमा महसुस गरें। सुरुदेखि नै मलाई स्वागत गरेकोमा सबै स्टाफ, खेलाडी र समर्थकहरूलाई धेरै धेरै धन्यवाद।”

उनले लन्डन क्लबसँग आफूले पाएको सफलताले सधैंभरि उनको हृदयमा विशेष स्थान राख्ने बताउँदै भने: “यो टोलीलाई च्याम्पियन्स लिग र क्लब विश्वकप जिताउन मद्दत गर्न पाउँदाको गर्व र आनन्द सधैंभरि मसँग रहनेछ। म यस क्लबको इतिहासको हिस्सा हुन पाउँदा सम्मानित छु र पछिल्ला १९ महिनाका सम्झनाहरू सधैं मेरो मनमा रहनेछन्।”

टुचेल जनवरी २०२१ मा सामेल भएदेखि ९९ खेलमा ब्लुजको जिम्मेवारीमा थिए। उनले प्रिमियर लिग क्लबसँग ६२ खेल जिते भने १८ खेलमा बराबरी र १९ खेल हारे। उनको प्रतिनिधित्वमा चेल्सीले यूईएफए च्याम्पियन्स लिग, यूईएफए सुपर कप र फिफा क्लब विश्वकप उपाधि जितेको थियो।

प्रकाशित : , ०, ०१२:१४

यी ४ ब्राजिलियन खेलाडी जसले विश्वकप २०२२ मा तहल्का पिट्न सक्छन् !