शनिबार बार्सिलोनाको ४–० को जितका क्रममा भीडमा रहेका एक फ्यानलाई हृदयघात भएको पाँच मिनेटमा अन्सु फातीले काडिजका फ्यानसँग गोल गरेकोमा माफी मागे। खेलको ८१ चलिरहेको छ जब बार्सिलोना २-० ले अग्रता लिएको थियो तब दर्शकदिर्घामा समस्या देखा परेको थियो।
उक्त घटनाका कारण दुबै पक्षका खेलाडीहरूले चिन्तामा थिए र क्याडिज गोलकिपर कोनन लेडेस्मा घटना तर्फ डिफिब्रिलेटरको साथ दौडिरहेको पनि देखियो। बार्सिलोनाका डिफेन्डर रोनाल्ड अराउजो र क्याडिज खेलाडी फालीले उक्त व्यक्तिको स्वास्थ्यक अलागी प्रार्थना गरिरहेको पनि देखिएको थियो। खेल एक घण्टाको लागि स्थगित गरिएको थियो र क्याडिजका अध्यक्ष म्यानुअल भिज्काइनोले स्पेनिश रेडियोलाई उक्त फ्यानलाई सफलतापूर्वक पुनर्जीवित गरी अस्पताल लागेको बताएपछि खेल सुरु भएको थियो।
खेल पुनः सुरु भएको पाँच मिनेटपछि नै रोबर्ट लेवान्डोस्कीको असिस्टमा फातीले गोल गर्दै बार्सिलोनाको अग्रता बढाएका थिए। स्पेन अन्तर्राष्ट्रिय खेलाडीले गोल गरेपछि खुसी मनाउन अस्वीकार गर्दै घरेलु समर्थकहरूलाई माफी माग्न इशारा गर्न आफ्नो हत्केला जोडेका थिए। ओस्मान डेम्बेलेले अतिरिक्त समयको दोस्रो मिनेटमा गोल गर्दै बार्सिलोनाको सिजनको अपराजित सुरुवातलाई कायम राखेका थिए।
फ्रेन्की डी जोङले जाभीको टोलीलाई अग्रता दिलाएका थिए भने ६६ मिनेटमा लेवान्डोस्कीले छैटौं लालिगा गोल गर्दै दोब्बर बनाएका थिए। बार्सिलोनाले आफ्नो अर्को खेल मंगलबार राति च्याम्पियन्स लिगको दोस्रो खेलमा जर्मन च्याम्पियन बार्यन म्युनिखको सामना गर्नेछ।