“ब्राजिलसँग धेरै महान खेलाडी छन्, तर उनीहरु हामी भन्दा राम्रो छैनन्”

एजेन्सी – एट्लेटिको म्याड्रिडका स्टार जोआओ फेलिक्सले ब्राजिल र पोर्चुगल राष्ट्रिय टोलीहरू बीचको सम्भावित भिडन्तको बारेमा आफ्नो धारणा साझा गरेका छन्। एक अन्तर्वार्ताका क्रममा फेलिक्सले ब्राजिल र पोर्चुगल बीच भिडन्त हुन सक्ने सम्भावनाका बारेमा आफ्नो धारणा राखेका हुन्।

एक मिडियासँग कुराकानी गर्नेक्रममा फेलिक्सले ब्राजिलसँग धेरै राम्रा र महान खेलाडी रहेको भएपनि ब्राजिलको राष्ट्रिय टोली पोर्चुगल जति राम्रो नरहेको बताए। उनका अनुसार ब्राजिल भन्दा पोर्चुगल धेरै अगाडी छ।

“ब्राजिलसँग उत्कृष्ट खेलाडीहरू छन्। तर त्यसो भन्दैम उनीहरु पोर्चुगलको राष्ट्रिय टोलीभन्दा राम्रो छन् भन्न सकिँदैन। पक्कै पनि उनीहरु पोर्चुगलको राष्ट्रिय टोलीभन्दा राम्रो छैनन्।”,फेलिक्सले भने।

फिफा विश्वकप २०२२ नजिकिँदै विश्वभरका फुटबलका पारखीहरु उत्साहित भैरहेका छन्। ब्राजिलसँग अहिले धेरै राम्रो टोली छ भने पोर्चुगल पनि कम्जोर छैन। ब्राजिल र पोर्चुगल क्रमशः दक्षिण अमेरिका र युरोपका दुई महाशक्ति हुन्।

नोभेम्बर २० बाट कतारमा सुरु हुने प्रतियोगितामा राम्रो नतिजा ल्याउन दुवैले प्रयास गर्नेछन्। एडरसन, एलिसन बेकर, थियागो सिल्भा, मार्किन्होस, एलेक्स सान्ड्रो, एलेक्स टेलेस, एडर मिलिटाओ, ड्यानिलो, फ्रेड, कासेमिरो, फबिन्हो, लुकास पाकेटा, ब्रुनो गुइमारेस, नेयमार जूनियर, भिनिसियस जूनियर, रोड्रिगो गोज, राफिन्हा डायस, रिचार्लिसन, रोबर्टो फिर्मिनो, एन्टोनी जस्ता खेलाडी ब्राजिलसँग छन्।

पोर्चुगलसँग भने रुई प्याट्रिसियो, पेपे, रुबेन डायस, जोआओ क्यान्सेलो, डिओगो डालोट, राफेल गुरेइरो, क्रिस्टियानो रोनाल्डो जस्ता खेलाडी छन्। पोर्चुगलको स्क्वाड ब्राजिलको तुलनामा केहि कम्जोर देखिएपनि फेलिक्स भने पोर्चुगल भन्दा ब्राजिल उत्कृष्ट नरहेको मान्छन्।

प्रकाशित : , ०, ००८:५९

“म जस्तै गार्डियोला पनि फुटबलका लागि पागल छन्”