नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक अल्मुताइरीले राजीनामा दिए

काठमाडौं – कुवेती अब्दुल्ला अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक पद त्यागेको घोषणा गरेका छन् । अल्मुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रशिक्षक पद त्यागेको जानकारी गराएका छन् ।

साफ च्याम्पियनसिपको पछिल्लो संस्करणमा नेपाललाई फाइनल पुर्याएका अल्मुताइरीले फेसबुकमा खेलेका छन्, ‘५ सय २५ दिन नेपाल फुटबलको सेवा पछि आज आएर नेपाली राष्ट्रिय फुटबल टोलीसँगको यात्रा अन्त्य गरेको घोषणा गर्दछु । ’

उनले यात्रामा साथ दिने सबैलाई धन्यवाद पनि दिएका छन् । एन्फाले असोज ११ गते बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रदीप हुमागाईलाई कार्यवहाक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । जेठमा कतारमा भएको एसियन कप छनोटमा राष्ट्रिय टोलीले भाग लिएपछि अल्मुताइरी नेपाल फर्केका थिएनन् । यद्दपी उनले बंगलादेशविरुद्धको खेलका लागि २६ खेलाडी डाक्न एन्फालाई आग्रह गरेका थिए ।

एन्फाले भने हुमागाईलाई कार्यवहाक मुख्य प्रशिक्षक घोषणा गर्दै ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो । अल्मुताइरीले पद त्यागको घोषणा गरेको भने यो पहिलो पटक होइन । यसअघि उनले सामाजिक सञ्जालमार्फत पटक पटक पद त्यागको घोषणा गरेका थिए । कतार फुटबल संघको सहयोगमा अल्मुताइरीले २०७७ चैतमा राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेका थिए ।

प्रकाशित : , ०, ०१७:०६

जब कतारमा गुन्जियो मेस्सीको नारा [भिडियो सहित]