च्याम्पियन्स लिगमा रोबर्ट लेवान्डोस्कीले बनाए मेस्सी-रोनाल्डोले समेत बनाउन नसकेको रेकर्ड !

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले बुधबार राति बार्सिलोनाका लागि च्याम्पियन्स लिग डेब्यु गरे। पहिलो खेलमा नै उनले आफ्नो रवाफ देखाउन सफल भए। उनले च्याम्पियन्स लिगमा बार्सिलोनाको तर्फबाट गोलको खाता मात्र खोलेनन्, ह्याट्रिक नै गरे। भिक्टोरिया प्लेजन विरुद्ध बार्सिलोनाले ५-१ को जित निकाल्दा लेवान्डोस्कीले ह्याट्रिक गरेका हुन्।

भिक्टोरिया प्लेजन विरुद्ध लेवान्डोस्कीले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल गरेका थिए। खेलको ३४ औं मिनेटमा र्जी रोबर्टोको पासमा लेवान्डोस्कीले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट सुन्दर फिनिस गरेका थिए।

त्यस्तै पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरे। उनी त्यतिमा मात्र रोकिएनन्, दोस्रो हाफको ६७ औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पुरा गरे। भिक्टोरिया प्लेजन विरुद्धको खेलमा ह्याट्रिक गरेसँगै लेवान्डोस्कीले एक नयाँ रेकर्ड पनि बनाएका छन्।

बार्सिलोनाको तर्फबाट पनि ह्याट्रिकगरेसँगै लेवान्डोस्की तीन भिन्न क्लबबाट च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका हुन्। लेवान्डोस्कीले च्याम्पियन्स लिगमा सबै भन्दा पहिला बोरुसिया डर्टमन्डमा खेल्दा ह्याट्रिक गरेका थिए। पछि बायर्नबाट खेलाडी पनि उनले च्याम्पियन्स लिगमा ह्याट्रिक गरेका थिए। बायर्नमा हुँदा उनले च्याम्पियन्स लिगमा कुल ४ ह्याट्रिक गरेका थिए।

त्यस्तै लेवान्डोस्की च्याम्पियन्स लिग डेब्युमा गोल गर्ने सबैभन्दा पाको बार्सिलोना खेलाडी पनि बनेका छन्। ३४ वर्षका लेवान्डोस्की पहिलो गोल गर्ने बितिकै सो रेकर्ड बनाएका हुन्।

प्रकाशित : , ०, ०११:५७

“यसपाली सिटीलाई टक्कर दिन लिभरपुलको दम पुग्दैन, दिए आर्सनलले दिन्छ”