एम्बाप्पे भन्छन् – ‘च्याम्पियन्स लिग कहाँ सजिलो छ त, सजिलो भए पहिल्यै जितिसक्थयौं नि’

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेले जीवनमा धेरै गोल छुटेको र धेरै गोल छुट्ने बताएका छन्। बुधबार राति च्याम्पियन्स लिगको पहिलो खेलमा युभेन्टसलाई पराजित गरेपछि पत्रकारहरु समक्ष कुराकानी गर्नेक्रममा एम्बाप्पेले त्यस्तो बताएका हुन्।

खेलपछि पत्रकारहरुले एम्बाप्पेलाई ह्याट्रिक गर्नबाट चुकेको बारे प्रश्न राखे। सो प्रश्नको जवाफ दिनेक्रममा एम्बाप्पेले पहिलो हाफको ३५ मिनेट र बाँकी समयमा केहि भिन्नता रहेको बताए। कहिले काहिँ गोलहरु छुट्ने एम्बाप्पेको भनाई छ।

“पहिलो ३५ मिनेट र दोस्रो हाफको बीचमा सानो भिन्नता छ। हामीलाई थाहा छ हामीसँग केही कमजोरीहरू छन्। ३-० हुन सक्थ्यो, तर त्यो सम्भव भएन। मैले मेरो जीवनमा धेरै गोलहरू गुमाएको छु। म धेरै भन्दा धेरै गोल गर्ने प्रयास गर्छु र त्यसक्रममा केहि गोल छुट्छन् पनि।”,एम्बाप्पेले भने।

एम्बाप्पेले त्यसक्रममा च्याम्पियन्स लिग सहज नभएको पनि बताए। च्याम्पियन्स लिग सहज हुन्थ्यो भने पिएसजीले पहिला नै च्याम्पियन्स लिग जितिसकेको हुने थियो भन्ने एम्बाप्पेको भनाई छ।

उनले भने,”यी खेलका तथ्यहरू हुन्। हामीसँग काम गर्नका लागि धेरै चीजहरू छन्। यो च्याम्पियन्स लिग हो। यदि यो सजिलो थियो भने हामीले पहिला नै जितिसकेको हुने थियौं।”

प्रकाशित : , ०, ०१६:३८

‘लिभरपुलले नुनेज होइन २६ वर्षिय यी स्ट्राइकरलाई भित्र्याएको भए कमाल हुन्थ्यो’