स्वार्थि निस्किए एम्बाप्पे, ह्याट्रिकको लोभमा नेयमारलाई पास नै दिएनन् ! [भिडियो सहित]

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले सुखद सुरुवात गर्यो। घरेलु मैदानमा भएको खेलमा मंगलबार पिएसजीले युभेन्टसलाई पराजित गर्यो। युभेन्टस विरुद्ध २-१ को जित निकाल्ने क्रममा भएका दुवै गोल युवा स्टार किलियन एम्बाप्पेले गरेका थिए।

एम्बाप्पे र नेयमार बीच पहिलो गोलका लागि धेरै राम्रो तालमेल भएको थियो। नेयमारबाट आएको पासलाई नै एम्बाप्पेले गोल पोस्टको बाटो देखाएका थिए। खेलको ५ औं मिनेटमै एम्बाप्पेले गोल गरेर पिएसजीलाई अग्रता दिलाएका थिए। त्यसको १७ मिनेट पछि नै एम्बाप्पेले दोस्रो गोल गरे।

त्यसपछि पिएसजीले युभेन्टसलाई दबावमा राखेपनि थप गोल भने गोल गर्न सकेन। खेलभर पिएसजीले बलमा बढी नियन्त्रण मात्र राखेन, बढी प्रहार पनि गर्यो। पिएसजीको तर्फबाट कुल १५ प्रहार भएको भएका थिए। त्यसमध्ये ६ प्रहार टार्गेटमा थिए।

खेलको सुरुवातमा नेयमार र एम्बाप्पे बीच राम्रो तालमेल भएपनि दोस्रो हाफमा भने दुई बीच तालमेलको कमि देखिएको। खेलको एक समयमा एम्बाप्पे स्वार्थि समेत देखिएका थिए।

पिएसजीको डिफेन्सबाट क्लिएर भएको बललाई लियोनेल मेस्सीले अगाडी बढाउँदै एम्बाप्पेलाई पास दिएका थिए। त्यसबेला नेयमार पनि अगाडी बढेका थिए। नेयमार भएतर्फ खासै खेलाडी थिएनन्। नेयमारले बल पाएको भए सिधा गोल गर्न सक्ने अवसर हुनसक्थ्यो। तर एम्बाप्पेले पास दिने भन्दा पनि त्यतिकै पोस्टमा प्रहार गरे।

एम्बाप्पेले क्रस दिएको भए पिएसजीको ३ गोल हुन सक्थ्यो। सामाजिक संजालमा यति बेला पिएसजी समर्थक एम्बाप्पेको स्वार्थले पिएसजीलाई पुनः डुबाउने भयो भन्दै दुख व्यक्त गरिरेका छन्।

प्रकाशित : , ०, ०१५:१९

चेल्सीबाट टुचेल आउट !