एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले सुपरस्टार फरवार्ड करिम बेन्जेमा देखिएको चोट कति गम्भीर हो भन्ने कुरा आउने समयमा थाहा हुने बताएका छन्। च्याम्पियन्स लिगको पहिलो खेलको पहिलो हाफमै चोट बोक्दै बाहिरिएका बेन्जेमाको अवस्था बारे पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा एन्सेलोटीले बेन्जेमाको चोट के कति गम्भीर हो र खास भएको के हो भन्ने कुरा आउने समयमा नै थाहा हुने बताएका हुन्।
खेलपछि पत्रकारहरुले एन्सेलोटीसँग बेन्जेमाको अवस्था बारे प्रश्न राखे। त्यसक्रममा एन्सेलोटीले बेन्जेमाको समस्याबारे सबै चेक-जाँच पछि मात्र थाहा हुने बताए। उनका अनुसार बेन्जेमाको चोट त्यति जटिल देखिँदैन। बेन्जेमाको चोट चिन्ताजनक रहेको उनले स्पष्ट पारे।
“यो गम्भीर छ जस्तो लाग्दैन। हामी भोलि सम्म पर्खनुपर्नेछ तर प्रारम्भिक संकेतहरूले यो चोट चिन्ता गर्नुपर्ने प्रकारको छ जस्तो मलाई लाग्दैन। यो स्पष्ट छैन कि यो मांसपेशी समस्या हो वा यो घुँडाको समस्या हो।”,एन्सेलोटीले भने।
कीर्तिमानी १४ पटकको च्याम्पियन तथा साविक विजेता स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको पहिलो खेलमा सेल्टिकलाई उसकै मैदानमा ३–० को गोल अन्तरले पराजित गर्यो।
सो खेल पहिलो हाफमै बेन्जेमा घाइते भएका थिए। खेलको ३० औं मिनेटमा बेन्जेमाको स्थानमा इडेन हाजार्ड मैदान प्रवेश गरेका थिए। उनकै उच्च प्रदर्शनमा रियलले जित निकालेको थियो। रियलको जितमा भिनिसियस जुनियर, लुका मोड्रिच र इडेन हाजार्डले गोल गरे ।