एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका तीन खेलाडी प्रशिक्षक जाभीको योजनाबाट बाहिरिएका छन्। स्पेनबाट प्रकाशित हुने विभिन्न मिडियाहरुका अनुसार जाभीको योजनाबाट थप खेलाडी आउट भएका हुन्।
स्पेनिस मिडिया स्पोर्टले आफ्नो समाचारमा जबाहीले डिफेन्डर जेरार्ड पिके, मिडफिल्डर मिरालेम पजानिक र फरवार्ड मेम्फिस डेपेलाई आफ्नो योजनामा समावेश गरेका छैनन्। तीनै खेलाडी जाभीको पहिलो रोजाईको टोलीमा नहुने स्पोर्टले जनाएको छ।
ती तीन खेलाडी मध्ये पजानिकले त बार्सिलोनाको प्रशिक्षणमा समेत सहभागी हुन छाडिसकेका छन्। पछिल्लो केहि समय देखि उनी बार्सिलोनाको प्रशिक्षणमा देखिएका छैनन्। बार्सिलोनाले पजानिकको सम्झौता रद्द गर्ने तयारी गरिरहेको छ।
उनले नयाँ क्लब भेटेको खण्डमा सम्झौता रद्द गर्ने तयारीमा बार्सिलोना जुटेको हो। उनलाई मध्य पूर्वी एसियन क्लब सारजाह फुटबल क्लबले भित्र्याउन चाहेको छ। बार्सिलोनाले सम्झौता रद्द गरेपछि सारजाह क्लबले उनलाई भित्र्याउने स्पेनिस मिडियाहरुको भनाई छ।
त्यस्तै क्लबमा युवा डिफेन्डरहरुको दबदबा बढेपछि पिके पनि जाभीको योजनामा नहुने भएका छन्। जाभी आपतकालीन अवस्थामा मात्र प्रयोगमा आउने बताइन्छ। त्यस्तै डिपे पनि खासै जाभीको योजनामा हुनेछैनन्। समर ट्रान्सफर विन्डोमै बार्सिलोनाले उनलाई बिक्री गर्न खोजेको थियो। उनी सम्झौता रद्द गरेर बार्सिलोना जाने पक्षमा रहेका थिए। तर पछि उनले बार्सिलोनामै रहने निर्णय गरे।