कप्तान सन्दीपविरुद्ध प्रहरीमा बलात्कारको उजुरी !

काठमाडौं – नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । बलात्कारको आरोपसहित काठमाडौं प्रहरीमा किटानी जाहेरी दिएको प्रहरीको उच्च स्रोतले जनाएको छ ।

सन्दीप आफैं भने हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न सेन्ट लुसिया पुगेका छन् । त्यसअघि सन्दीपको कप्तानीमा राष्ट्रिय क्रिकेट टोली केन्या गएको थियो । घटना केन्या जानुअघि भएको बुझिएको छ ।

सन्दीपको कप्तानीमा नेपालमा केन्याविरुद्ध ५ टि ट्वान्टी श्रृखंला खेलेको थियो । जसमा नेपाल ३–२ ले विजयी भएको थियो । केन्याविरुद्धकै तीन एक दिवसिय खेलमा भने उनी टोलीमा थिएनन् । उनी सिपिएल खेल्न पुगेका थिए ।

प्रकाशित : , ०, ००६:५६

प्रिमियर लिगपछि च्याम्पियन्स लिगमा हालान्डको तहल्का, सिटीको विजयी सुरुवात !