बार्सिलोनासँग रोबर्ट लेवान्डोस्कीको सम्झौता समाप्त गर्ने विकल्प रहेको खुलासा भएको छ। बार्यन म्युनिखबाट बार्सिलोनामा सामेल हुँदा पोलिश स्टारको सम्झौतामा संलग्न रहेको वित्तीय विवरण बाहिर आएपछि यस्तो खुलासा भएको हो।
क्वे टि’हि जुगुएस (कर्रुसेल डिपोर्टिभो मार्फत) का अनुसार पूर्व बार्यन स्टारले नोउ क्याम्पमा चार वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौतामा €१० मिलियन (२०२२-२३), € १३ मिलियन (२०२३-२४), €१६ मिलियन (२०२४-२५), € १३ मिलियन (२०२५-२६) को शुद्ध तलब समावेश छ। यद्यपि, सम्झौताको सबैभन्दा चाखलाग्दो पक्ष यो हो कि यदि लेवान्डोस्कीले आफ्नो तेस्रो वर्षमा ५५% भन्दा कम खेल खेल्छन् भने ब्लाउग्रानाले उनको सम्झौता समाप्त गर्न सक्छ।
दिग्गज फरवार्डले आफ्नो उल्लेखनीय गोल स्कोरिङ लयलिई बार्सिलोनामा पनि जारी राखेका छन्। लेवान्डोस्कीले यो सिजन अहिलेसम्म चार खेलमा पाँच गोल गरिसकेका छन् र हाल ला लिगामा सेल्टा भिगोका इयागो आस्पाससँग संयुक्त उच्च गोलकर्ता रहेका छन्।