नेयमारसँगको सम्बन्ध बारे एम्बाप्पेले मुख खोले, भने – ‘कुनै समय हामी बेस्ट फ्रेन्ड थियौं’

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेले ब्राजिलियन स्टार नेयमारसँगको सम्बन्ध बारे चर्चा गरेका छन्। एक अन्तर्वाताका क्रममा एम्बाप्पेले नेयमारसँगको आफो सम्बन्धको बारेमा चर्चा गरेका हुन्।

सो अन्तर्वार्ताका क्रममा एम्बाप्पेले नेयमार र आफू बीच सम्मानको सम्बन्ध रहेको र आफूहरु एक अर्कालाई सम्मान गर्ने बताए। एम्बाप्पेका अनुसार नेयमारसँगको सम्बन्धमा उतारचढाव हुने गरेका छन्। तर विभिन्न समयमा आफूहरु सबै भन्दा मिल्ने साथी भएको एम्बाप्पेले सम्मान गरे।

“यो हाम्रो सँगै छैठौं वर्ष हो। हामीले सधैं सम्मानमा आधारित राम्रो सम्बन्ध राखेका छौं। सम्बन्ध कहिले चिसो वा कहिले न्यानो थियो। केहि पलहरूमा हामी सबैभन्दा मिल्ने साथी थियौं। तर अन्य समयमा हामी कम बोलेका छौं। म नेयमारलाई धेरै सम्मान गर्छु र टोलीमा उनको महत्त्व राम्रोसँग बुझेको छु।”,एम्बाप्पेले भने।

नेयमार र एम्बाप्पे बीच पछिल्लो समय त्यति राम्रो सम्बन्ध छैन। केहि समय अगाडी पेनाल्टीको विषयलाई लिएर दुई बीच लफडा भएको थियो। जसकारण पिएसजीमा खैला-बैला नै मच्चिएको थियो। पछि पिएसजीका अधिकारीहरुले सो विषय को टुंगो लगाएका थिए। पिएसजीका अधिकारीहरुले गरेको निर्णय अनुसार पेनाल्टीमा नेयमार भन्दा एम्बाप्पेले पहिले मौका पाउनेछन्।

प्रकाशित : , ०, ००७:३६

बार्सा लेजेण्ड भन्छन् – ‘मेस्सीलाई सधैं बार्सिलोनामा स्वागत गरिनेछ’