चेल्सीलाई चाहिएको थियो वेस्ट ह्यामका खेलाडी, तर मूल्य सुनेपछि कस्यो ‘टाप’ !

एजेन्सी – विभिन्न बेलायती मिडियाहरुका अनुसार केहि दिन अगाडी मात्र बन्द भएको समर ट्रान्सफर विन्डोमा प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक थोमस टुचेलले धेरै नै महँगा खेलाडी भित्र्याउन चाहेका थिए। टुचेलले भित्र्याउन चाहेका खेलाडी अरु कोहि नभई वेस्ट ह्याम युनाइटेडका मिडफिल्डर डेक्लान राइस रहेका छन्।

टुचेलले राइसलाई भित्र्याउन धेरै नै बल गरेका थिए। तर वेस्ट ह्यामले उनको मूल्य सोचे भन्दा धेरै महँगो तोकेपछि उनी अन्य विकल्प तर्फ मोडिन बाध्य भएका थिए। वेस्ट ह्यामले राइसको ट्रान्सफर मूल्य १ सय ५० मिलियन पाउण्ड तोकेको बेलायती मिडियाहरुको भनाई छ।

बेलायती पत्रकार पत्रकार साइमन फिलिप्सले गरेको दावी अनुसार ट्रान्सफर विन्डोको शुरुवातमै टुचेलले क्लबका मालिक टुचेलले टोड बोहली र अन्य सह-मालिकहरूसँग राइस किन्न आग्रह गरेका थिए। तर चेल्सीले पटक-पटक प्रयास गर्दा पनि वेस्ट ह्यामले मूल्य घटाउन मानेन। जसकारण चेल्सी अन्य विकल्प तर्फ मोडिन बाध्य भयो।

राइसलाई भित्र्याउन नसकेपनि चेल्सीले समर ट्रान्सफर विन्डोमा ट्रान्सफर रेकर्ड तोकेको थियो। समर ट्रान्सफर विन्डोको शुरुवात देखि नै ट्रान्सफर बजारमा आक्रामक देखिएको चेल्सीले इतिहाँसकै सर्वाधिक खर्च गरेको हो। यस वर्षको समर ट्रान्सफर विन्डोमा चेल्सीले २ सय ५५ मिलियन पाउण्ड खर्च गरेको छ। प्रिमियर लिगको इतिहाँसमा कहिले पनि कुनै क्लबले यति धेरै एकै ट्रान्सफर विन्डो खर्च गरेको रेकर्ड छैन।

थप कुरा के हो भने, रियल म्याड्रिडले सन् २०१९ को समरमा एडेन हाजार्डलाई अनुबन्ध गरेपछि, स्थानान्तरण इतिहासमा एउटै क्लबले खर्च गरेको यो दोस्रो सबैभन्दा ठूलो खर्च हो। यससँगै स्वामित्व परिवर्तनपछि पनि चेल्सीले ट्रान्सफर बजारमा खुलेर खर्च गर्छ भन्ने संकेत मिलेको छ। चेल्सीका नयाँ मालिक टोड बोहलीले खर्चको कुनै कमि हुने छैन भन्ने कुरा प्रमाणित गर्न सफल भएका छन्।

यस ट्रान्सफर विन्डोमा चेल्सीले कुल ८ खेलाडी भित्र्यायो। त्यसमध्ये सबै भन्दा बढी रकम वेस्ले फोफानामा खर्च भयो। लेस्टर सिटीका डिफेन्डर फोफानाका लागि चेल्सीको ७२ मिलियन पाउण्ड खर्च भएको छ।

प्रकाशित : , ०, ०१८:२३

पूर्व खेलाडीले रोनाल्डो माथि गरे तुच्छ टिप्पणी – “रोनाल्डो च्याम्पियन्स लिग स्तरका खेलाडी रहेनन्, त्यसै त कसैले भित्र्याएन”